दाङ, २ कार्तिक । नेपालका विभिन्न २५ जिल्लामा गरिबीको सर्वेक्षण गरेको छ । जसअनुसार ३ लाख ५६ हजार ४ सय १५ घर परिवार गरिबीको रेखामुनि रहेको देखाएको छ ।
सहकारी तथा गरिबी निवारण मन्त्रालयले गरेको सर्वेक्षणले विभिन्न २५ जिल्लामा १२ लाख ४० लाख ३ सय ५० घर परिवारमा ३ लाख ५६ हजार ४ सय १५ परिवारको आर्थिक अवस्था निकै दैनिय भएको देखाएको छ । त्यस्तै ७ लाख २५ हजार ९ सय ७४ वटा घरपरिवार भने आर्थिक दृष्टिकोणले मध्यम र सम्पन्न रहेको पनि अध्ययनले देखाएको छ ।
जसमा राप्तीका तीन जिल्लाका एक लाख २५ हजार पाँच सय ८८ घरपरिवारमध्ये ३१ हजार १ सय ७६ घरपरिवार गरिबीको रेखामुनि रहेको तथ्याङमा उल्लेख छ । गरिब परिवारलाई गरिब परिचय पत्र वितरण गरी थप सुविधा उपलब्ध गराउन सरकारले पहिलो चरणमा २५ जिल्लामा गरिब घर परिवार पहिचान बोर्ड गठन गरी सर्वेक्षण थालेको थियो ।
सो सर्वेक्षणले सबैभन्दा धेरै गरिब बाजुरामा र सबैभन्दा धेरै धनि तनहुँमा रहेको प्रारम्भिक तथ्यांकले देखाएको छ । त्यस्तै बाजुरामा सबैभन्दा बढी गरिबी देखिएको छ । बाजुरा जिल्लाका ६४.१ प्रतिशत परिवार गरिबीको रेखामुनी रहेको अध्ययनले देखाएको छ । यस्तै त्यसपश्चात कालिकोटमा गरिबीको मात्रा उच्च छ । कालिकोटमा कुल परिवार संख्यामा ५७.९ प्रतिशत परिवार गरिब छन् । बोर्डले उक्त तथ्यांकको अहिले अद्यावधिक गरिरहेको छ ।
कुन जिल्लामा कति गरिब ?
जिल्ला | जम्मा घर परिवार संख्या | गरिब घरपरिवार संख्या |
---|---|---|
भोजपुर | ३५,९७६ | ८,०६३ |
खोटाङ | ३९,६९१ | ८,६६५ |
सिराहा | १,१९,५७० | ३४,३०२ |
सिन्धुली | ५३,९५५ | १९,११७ |
रामेछाप | ४०,३३३ | ९,६३७ |
रौतहट | १,१६,७३६ | ३२,४१६ |
गोरखा | ५९,६६४ | १०,८०९ |
तनहुँ | ६५,५५६ | ८,९९९ |
बाग्लुङ | ५२,८५६ | १०,८७० |
कपिलवस्तु | ८४,९८५ | २५,३४६ |
अर्घाखाँची | ४२,००९ | ११,०८५ |
प्यूठान | ४५,०८५ | १३,३९२ |
रोल्पा | ४०,५३१ | ९,५३७ |
रुकुम | ३५,९७२ | ८,२४५ |
बर्दिया | ७८,९७२ | २१,०५९ |
जाजरकोट | २७,४०७ | ८,४७४ |
डोल्पा | ७,०६७ | २,८५७ |
जुम्ला | १९,४९७ | ८,१९३ |
कालिकोट | २२,०९४ | ११,१०१ |
मुगु | ९,५३३ | ३,६३१ |
हुम्ला | ८,५५५ | ४,२३५ |
बाजुरा | २१,६८५ | १२,५७५ |
बझाङ | ३०,३२८ | १४,१५३ |
अछाम | ४५,१६० | १९,४०७ |
कैलाली | १,३७,१२८ | ४०,२५१ |
