प्युठान, १ कार्तिक । प्यूठानको एक जंगलमा करिव एक महिनाको शिशु (बालक) फेला परेको छ । नयाँगाउँको जसपुर जंगलमा बेवारिसे बच्चा फेला परेको हो ।

sss

                                                         बेवारिसे अवस्थामा फेला परेको शिशु

स्वर्गद्वारी माइतबाट दशैं मनाएर फर्कंदै गर्दा बिजुली-८ निवासी सिर्जना थापाले आइतबार दिउँसो शिशु भेटाएकी थिइन् । सो शिशुलाई सोमबार उनले प्रहरीको जिम्मा लगाएकी छन् ।

प्रहरीले जिल्ला अस्पताल विजुवारमा शिशुको स्वास्थ्य परीक्षण गरेर महिला तथा बालबालिका कार्यालयको जिम्मा लगाएको छ । शिशुलाई अहिले महिला तथा बालबालिका दिवा आवास केन्द्रमा राखिएको छ । शिशु कसको भन्नेबारे केहि नखुलेको र अनुसन्धान जारी राखिएको प्यूठान प्रहरीले जनाएको छ ।