काठमाडौ, १ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीको निवासमा म्याद टाँस्ने सर्वोच्च अदालतको प्रयास फेरि पनि असफल भएको छ। म्याद टाँस्न लोकमानको निवासमा आज सोमबार बिहान पुगेका सर्वोच्चका कर्मचारीलाई केही युवाको समूहले म्याद टाँस्न रोक लगाएपछि प्रयास असफल भएको हो ।

lokmansingh-karki-58048bd5e0fbf2-10764447आफूहरुलाई सामसङ कम्पनीका कर्मचारी बताउने युवाहरुको समूहले अख्तियार प्रमुख कार्कीको घरमा म्याद टाँस्न रोकेको थियो। युवाहरुको समूहले म्याद टाँस्न अबरोध पुर्याएपछि बानेश्वरस्थित कार्कीको निवासमा पुगेका सर्वोच्च अदालतका दुई तामेलदार म्याद नटाँसी फर्किए।

सर्वोच्चका तामेलदारहरु कार्की निवासमा म्याद टाँस्न पुग्दा युवाहरुको समूह गेटमा तैनाथ थिए। म्याद टाँस्नु अघि सर्वोच्चका तामेलदारहरु वडा कार्यालय पुगेका थिए।

अख्तियार प्रमुखमाको नियुक्तीसम्बन्धी मुद्दामा बहसका लागि अदालतमा बोलाउँदा पनि कार्कीले अस्विकार गरेपछि सर्वोच्च अदालतको टोली सूचना टाँसका लागि उनको निवास पुगेको थियो। यसअघि पनि सूचना टाँस गर्न कार्कीको निवास पुगेको टोली अवरोधपछि सूचना नटाँसी फर्र्किएको थियो।

युवाहरुको समूहले म्याद टाँसन नदिएपछि फर्किएको सवौच्चको टोली फेरि टाँट गनृ दिउसो कार्कीको घरतर्फ लागेको स्रोतले जनएको छ ।