इन्द्रेणी संवाददाता
घोराही, १ कार्तिक । दाङको भालुवाङमा शुरु भएको राप्तीद्धार सूचना तथा व्यापारिक महोत्सव २४ घण्टाभित्र रोक्न त्यहाँका व्यापारिहरुले जिल्ला प्रशासन कार्यालय दाङलाई आग्रह गरेका छन् । स्थानीय राजनीतिक दल, उद्योग व्यापारिहरुको सहमति विना महोत्सवको आयोजना गरिएको भन्दै आज जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र वुझाउदै यस्तो आग्रह गरेका हुन् ।
प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउनु अघि घोराहीमा पत्रकार सममेलनको आयोजना गरी २४ घण्टाभित्र महोत्सव नरोकिए आफूहरु आन्दोलका लागि सडकमा आउने चेतावनी दिएका छन् । ‘यो महोत्सव समय अनुकुल छैन, हामी त्यहाँका व्यापारिहरुको सहमति छैन, अबको २४ घण्टाभित्र जिल्ला प्रशासनले महोत्सव नरोके सडकमा आउन तयार छौं’, राप्ती उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष जगतप्रसाद पोख्रेलले भने ।
आफुहरु महोत्सव सञ्चालनको विरोधि नभएको र समयअनुकुल पारेर महोत्सव सञ्चालनका लागि छलफल हुँदा हुँदै जिल्ला प्रशासनले स्थानीय उद्योग वाणिज्य संघ, व्यापारि र राजनीतिक दलहरुलाई वाइपास गर्दै महोत्सव सञ्चालनको स्वीकृति दिएको उद्योग लाणिज्य संघका अध्यक्ष ताराबहादुर डिसीले बताए । राप्तीद्धार राप्ताहिकको आयोजनामा हिजो आयतवारदेखि शुरु भएको महोत्सवमा स्थानीय उद्योग व्यवसायी, राजनिितक दल कसैको समहति नभइ आयोजकले जवरजस्त महोत्सव आयोजना गरेको उनले दावी गरे ।
उनले महोत्सव तिहारपछि अथवा छट पर्वपछि सञचालनका लागि छलफल भइरहेको तर त्यसमा स्थानीय व्यापारिहरुको हकहितलाई वाइपास गर्दै प्रशासनले महोत्सव सञ्चालनका लागि स्वीकृति दिएको बताए ।










