रोल्पा, १ कात्तिक । उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले संविधान संशोधन गरी सर्वस्वीकार्य  बनाउने बताएका छन्

kb-mahara प्रेस सेन्टर रोल्पाले लिवाङमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महराले वर्तमान सरकारको पहिलो प्राथमिकता संविधान कार्यान्वयन भएको बताए । सहमतिका लागि आन्दोलनरत दल तथा समुदायसँग कुरा भइरहेको र छिटै सहमतिमा पुगी संबिधान संसोधन गरि सर्वस्वीकार्य बनाउने मन्त्री महराको भनाइ थियो ।

साथै भूकम्पपीडितको समस्या समाधान र सत्य निरुपण तथा मेलमिलाप आयोगको कामलाई निश्कर्षमा पुर्याइने बताउदै अघिल्लो सरकारले ल्याएको बजेट आफ्नो पार्टी समेत संलग्न भई ल्याएको हुँदा वर्तमान सरकारले दृढताका साथ कार्यान्वयन गर्ने बताए   ।