संजय कुशवाहा

नवलपरासी, २९ असोज । नवलपरासीको सदरमुकाम परासी देखी करिब ५८ कि.मी.दक्षिण पुर्वमा पर्ने त्रिबेणी ४ सुस्ताका बसीन्दाहरु सन्चार माध्यमको पहुचबाट टाढा भएका छन ।

thori-nepali-land-parsa
फाइल तस्वीर

नारायणी नदिको किनारमा रहेको २६५ घर दुरी भएको गाउँमा अहिले सम्म बिधुतको आपुर्ती नपाएर त्याहाँका बासीहरुले रेडियो,टि.भी.कम्प्युटर मोबाईल लगायत बिभिन्न बिधुतीय उपकरण उपयोग गर्न नसकेको स्थानियहरुको गुनासो रहेको छ। सुस्ता बचाऊ अभियानका अध्यक्ष गोपाल गुरुगंले दिएको जानकारी अनुसार पटक- पटक गुनासो गरेतापनि सम्बन्धीत निकायले ध्यान नदिएको उहाँले बताउनु भयो ।

गुरुंगका अनुसार सरकार र स्थानिय सहयोगमा बिधुत उत्पादन गर्न सकिने भएपनि सरकार मौन रहेको छ ।गाऊमा बिधुत नभएकोले विध्यार्थीहरुको पठन पाठनमा समेत समस्या आएको जनता दलित प्रा.वि. प्रधानाध्यापक उदय बहादुर रुचालले  बताउनु भएको  छ।