काठमाडौं । रक्सीको ३० मिलिटिरको एक पेगमा १ सय क्यालोरी उर्जा हुन्छ । त्यसैले यदि रक्सी धेरै पिउँदा वजन तिब्र रुपमा बढ्ने हुन्छ । तर रक्सीको खराब असर यो मात्र होइन । अझ खाली पेट रक्सी पिउँदा यसका धेरै नकारात्मक असर पर्दछन् शरीरमा ।
raksiविशेषज्ञहरुका अनुसार रक्सी पिएको एक घण्टाभित्रमा यसले शिर देखि खुट्टासम्म सरीरका विभिन्न भागमा विभिन्न खाले नकारात्मक असर पूराइसकेको हुन्छ । रक्सीले जिउका विभिनन भागमा कस्तो असर पूराउँदछ जानौँ :

जब तपाइँ रक्सी पिउनुहुन्छ मस्तिष्कले डोपामाइन हर्मोन उत्सर्जन गर्दछ । डोपामाइनले रक्त प्रवाह बढाउँदछ । जसका कारण रक्तचाप तथा मुटुको गति पनि बढ्छ ।

जव रक्सीको असर बढ्दै जान्छ तब रगतमा सुगरको मात्रा कम हुँदै जान्छ । रगतमा आवश्यकता भन्दा कम चिनीको मात्रा हुनाले आँखा धमिलो हुने तथा दृष्टि पनि कमजोर हुने र आँखा रातो हुने हुन्छ ।

सरीरमा रक्सीको मात्रा बढ्दै जाँदा कोर्टिसोल हर्मोनको लेभल पनि बढ्छ । जसका कारण तनाव बढ्न थाल्दछ ।

रक्सीको उच्च मात्राले मस्तिष्कघातको जोखिम हुन्छ भने स्मरण शक्ति क्षयिकरण हुन सक्छ ।

रक्सीको अत्यधिक सेवनले मुख तथा घाँटीको क्यान्सरको जोखिम बढाउँछ । घाँटीको रक्तश्राव हुनसक्छ ।

स्वास फेर्नमा समस्या हुनसक्छ ।

कलेजोमा बोसो जम्ने तथा कलोजो बिगि्रने र सिरोसिस जस्ता गम्भीर समस्या पैदा गर्न सक्छ ।

पेटमा अपचको समस्या पैदा हुनसक्छ । साथै एसिडिटीको समस्या पनि सिर्जना हुन्छ ।

हड्डी कमजोर हुने र सजिलैसँग टुट्ने जोखिम हुन्छ । साथै मांशपेशी पनि कमजोर हुन्छन् । अनलाइन खबरबाट