घोराही २० असोज । चितुवाको छाला सहित दाङमा दुई जना पक्राउ परेका छन् । देउखुरीको लमही बजारबाट एक थान चितुवाको छाला सहित सिसहनिया १ बस्ने ४९ बर्षिय टेकबहादुर केसी र लालमटिया ८ बस्ने ४५ बर्षिय मुक्तबहादुर थापालाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।
chituwa-ko-chhalaचितुवाको छाला बोकेर हिडिरहेको गोप्य सुचनाका आधारमा उनिहरुलाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय लमहिका प्रमुख, प्रहरी निरीक्षक प्रेमबहादुर खड्काले जानकारी दिनुभयो । उनीहरुले आफुहरु अरुले भरिया भएको तर कारोबारी नभएको बयान दिएका छन् । चितुवाको छाला सहित उनीहरुलाई अनुसन्धानका लागि जिल्ला बन कार्यालयमा बुझाईएको खड्काले जानकारी दिनुभयो ।।