तुलसीपुर । केही दिन देखी पेट्रोल अभाव देखिएको दाङमा आज देखी भने सहज भएको छ । आज दाङका लागि ९२ हजार लिटर पेट्रोल भित्रिएको नेपाल आयल निगम ईन्धन डिपो तुलसीपुरले जानकारी दिएको छ । उक्त पेट्रोल दाङका सबै पम्पमा बितरण गरिएको नेपाल आयल निगम तुलसीपुरका प्रमुख बिपिन श्रेष्ठले जानकारी दिनुभयो ।

petrol-e1456919970555केही दिन देखी भारतबाट पेट्रोलियम पदार्थ नेपाल नभित्रिएकाले हिजो सम्म दाङमा पेट्रोल अभाब थियो । अब पर्सि मात्रै दाङमा ईन्धन भित्रने आयल निगमले जानकारी दिएको छ ।।