महेश श्रेष्ठ
साउदी अरबरखोजी पत्रकारितालाई प्रोत्साहन गर्न साउदी अरबमा रहेको एक नेपाली रेष्टुरेण्ट व्यवसायीले एक लाख रुपैयाँ प्रदान गरेका छन् । जुबैल स्थित न्यू अन्नपूर्ण नेपाली रेष्टुरेण्टका संचालक श्री यावा लिम्बूले नेपाली साझा मंचको “देशका लागि केही त गरौं १” अभियान अन्तर्गत खोजी पत्रकारितालाई प्रोत्साहित गर्न घोषणा गरेको कार्यक्रमलाई शुक्रबार सहयोग स्वरुप एक लाख रुपैयाँ प्रदान गरेका हुन् ।

%e0%a4%b8%e0%a4%be%e0%a4%89%e0%a4%a6%e0%a5%80-%e0%a4%85%e0%a4%b0%e0%a4%ac%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%96%e0%a5%8b%e0%a4%9c%e0%a5%80-%e0%a4%aa%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%95%e0%a4%beप्रथम न्यू अन्नपूर्ण गोल्डकप २०१६ का सहयोगीहरुलाई धन्यवाद ज्ञापन गर्न आयोजित कार्यक्रममा प्रमुख प्रायोजक समेत रहेको सो नेपाली रेष्टुरेण्टका संचालक एवं कार्यक्रमका संयोजक श्री यावा लिम्बूले मंचका अन्तर्राष्ट्रिय अभियंता महेश श्रेष्ठलाई सो रकम हस्तान्तरण गरेका हुन । लिम्बूले मंचको अभियानलाई सहयोग गरेर आफूले राष्ट्रको सेवामा सानो अंश भएपनि योगदान गर्न पाएकोमा खुसी लागेको बताए ।

मंचका अभियंता श्रेष्ठले लिम्बूलाई धन्यवाद दिदै प्रवासी नेपालीहरुले खोजी पत्रकारितामा सहयोग र पत्रकारहरुलाई प्रोत्साहित गर्न सके राष्ट्र र जनताकै भलो हुने विचार व्यक्त गरे । नेपाली पत्रकारितालाई राष्ट्र र जनताको पक्षमा परिचालन गर्न मंचको अभियानमा सबैले सहयोग गर्न पनि श्रेष्ठले आह्वान गरे । मंचले सुनसरीका चार जना खोज पत्रकार र भूकम्प खोजी पत्रकारितालाई पुरस्कृत गर्ने घोषणा गरेको छ ।

न्यू अन्नपूर्ण स्पोर्टस् क्लबद्वारा आयोजित उक्त धन्यवाद ज्ञापन कार्यक्रममा आयोजक टिमका उपविजेता खेलाडीहरुलाई पुरस्कार तथा प्रशंसापत्र प्रदान गरिएको थियो । कार्यक्रममा आयोजकले प्रतियोगितामा भएको खर्च तथा आम्दानीको हरहिशाब सहप्रायोजकका जिम्मेवार व्यक्तिहरु दुई महिने घरविदामा रहेकाले आगामी डिसेम्बर १५ मा सार्वजनिक गर्ने जानकारी समेत दिएको छ ।

नेपाली साझा मंच र नेपाली विवेकशिल पार्टी साउदी अरब समेत सह आयोजक रहेको प्रथम न्यू अन्नपूर्ण गोल्डकप २०१६ गत सेप्टेम्बर १३ मा सम्पन्न भएको थियो । उक्त गोल्डकप पीडित प्रवासी नेपालीहरु र पाँचथरस्थित यावा मार्गको स्तरोन्नतीको सहयोगार्थ आयोजना गरिएको थियो ।