गोविन्द खड्का
घोराही १७ असोज । गेट नजिक झुप्रो छ । त्यस भित्र बाट एकजनाले मुन्टो तानेर आगन्तुकलाई नियालीरहेका हुन्छन् । तिनले प्रयोग कर्ताले शौचालयमा लगाएको समय र बेसिनमा हात धोएको आधारमा दिसा हो कि पिसाव छुटाउछन् ।

20160929_173809दिसा, पिसाव र नुहाएको लाग्ने शुल्क गेटभित्र नपस्दै भित्तामा रातो अक्ष्ँरले लेखेको छ । रेटको बारेमा बोल्नै पर्दैन । त्यसका साथै जरिवानाका कुरा पनि प्रष्ट छ । शौचालय भित्र प्यान बाहेक जथाभावि दिसा पिसाव गरे रु ५० जरीवाना गरीने छ । शौचालय बाहेक खुला दिसापिसाव गरे ? एक सय ५० जरिवाना गरीने छ भनेर प्रष्टै लेखिएको छ । त्यसले शौचालयको उपयोगिता बढाएको छ ।

सजिलै देखाउन मिल्ने लाज नलाग्ने बस्तु फाल्न गेट बाहिरै कन्टेनर छ । प्लाष्टिक लगाएत अन्य पोका पन्तुरा खसाल्न सकिन्छ । यदि लाज लाग्ने कुरा लुकालो खसाल्नेहो भने भित्र ठाउछ । पुरुष शौचालयमा कण्डम तथा फोहर यता भनेर एरोले डस्टिविन तिर सिकाएको छ । महिला शौचालय तिर प्याड भए यहा राखिदिनुहोला भनेर सम्मानीत शब्दले अनुरोध गरेको छ ।

20160929_173927महिना वारी भएका महिलालाई फाल्न र धुन सजिलो छ । सेवारखोलाको किनारामा रहेको शौचालयमा पानीको कमि छैन । भित्र राखिएको डस्टिविन सुरक्षित छ बाहिर बाट कसैले फाल्दा देख्दैन । ढुक्क संग खसाल्न र फेर्न सक्ने सुविधा छ । दिसा पिसाव होईन अन्य समस्या पनि समाधान हुन्छ । गोजीमा लुकाएर राखेको कण्डम फाल्ने ठाउ र प्लाष्टिकमा पोको पारेको प्याड हाल्ने भाडो निकै महत्वपुर्ण छन् । तिनले धरैको तनाव न्युन बनाएका छन् । वातावरण पनि सफा यदि रगतै पिच्छे प्याड र प्रयोग भएको कण्डम कतै भेटिए पछि देख्नेको हालत के होला ?

20160929_174134त्यहा केहि कडा नियम पनि छ । पुकार खाई थुकेमा पुकार खाई थुकेमा रु एक सय जरिवाना गरीने छ लेखिएको छ । त्यसैले चुरोट मुखमा च्यापेर तान्दै भित्र जान मिल्दैन । पान पराग चपाउदै पस्न दिदैनन् । यसरी यस क्षेत्रकै नमुना शौचालयका रुपमा नेतृत्व गरेको छ । जरीवाना भित्ताका धेरै ठाउ लेखिए पनि । कसैले तिरेको छैन । यसले भने कार्वाहि फितलो भएको देखाएको छ । प्रश्न उठ्छ लेख्नका लागि मात्रै हो कि कार्यन्वयन पनि गरीन्छ ?

बसपार्कले गतिला नगरविकास समितिका अध्यक्ष थोरै मात्र पायो । नौ महिना ननाघ्ने सरकारले त्यसरीनै नगरविकास गठन गर्थे । पार्टि र गुटै पिच्छे अध्यक्ष बदलिन्थे । त्यसरी टिकालाउने र निगाहाले प्रसाद ग्रहण गरेका अध्यक्ष कमै हुन्थे । लामो समय नगरविकास समितिको सदस्य पद र वसपार्क व्यवस्थापनको अगुवा गरेका कैलाश रोकाका अनुसार एक रत्ती काम नगर्ने अध्यक्षहरु पनि आए । तिनहरु बसपार्कमा पाईला समेत टेकेनन् । धेरै अध्यक्ष्ँहरुको सम्झनै सकिदैन ।

वसपार्क ठेक्कामा जान्थ्यो । ठेकेदारले मनपरी चलाउथ्यो । त्यसले वसपार्कका सार्वजनिक शौचालय, गेट पर्खाल, वस पार्क कतै पनि ध्यान दिएन । खाली पैसा असुल्ने र कमाउनेमा जोड गयो । अध्यक्षहरुले त्यसमा ख्याल गरेनन् । तिनलाई काम गर्नुपर्छ भन्ने ज्ञानै थिएन । पच्छिल्ला अध्यक्ष किरण कुमार रेग्मी जोशिला र केहि गरौ भन्ने भावनाका भेटिएका छन् । तिनले नगरविकासको जिम्मेवारी बाटै आफ्नो राजनितिक भविश्यलाई अझ सुन्दर बनाउने दाउमा छन् । नेपाली कांग्रेशका नगर सभापति समहाली सकेका रेग्मी यसैमा चित्त बुझाउने पक्षमा छैनन् । बसपार्कलाई व्यवस्थापन मात्रै होईन भौतिक निर्माणको लागि यसक्षेत्रकै पक्कि आरसिसी ढलान शुरु भएको छ ।

भनिन्छ कसैको घर कति व्यवस्थित छ भन्ने त्यसको शौचालयले बोल्छ । नगरविकासको सदस्य सचिवको जिम्मेवारी सम्हाल्ने शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका डिई परिक्ष्ँत परित केडेरीयाले बसपार्कको आवाजलाई सम्वोधन गरेका थिए । सेवार खोला नया वसपार्क टोल विकास समितिका अध्यक्ष शक्तिराम डागिका अनुसार केहि डिईले हुनै नसक्ने काम भनेर फट्कारेका बसपार्क कडेरीयाले सजिलो बनाई दिए । बर्तमान डिई राजेन्द्र प्रसाद पाण्डेयले झनै सहज रुपमा अघि बढाए । त्यस भन्दा ठुलो गुण डिई पाण्डेयका पालामा वसपार्कको जिम्मा टोल विकास संस्थाले पायो । प्याड र कण्डम सोहरेको शौचालय अहिले जिम्मा लिएको छ । पुरै सुधार गरेर अघि बढ्ने भएको छ । त्यसलाई हेर्न हामि पुग्नै पर्छ ।