तुलसीपुर १७ असोज । नेपाली काँग्रेस क्षेत्रनं ५ का सभापति वसन्त देवकोटाको स्मृतिमा नेपाली काँग्रेस दाङले मङगलवार शोक सभा गर्ने भएको छ ।
४७ वर्षिय सभापति देवकोटाको निधन भएको नवौ दिनमा नेपाली काँग्रेस दाङले स्वर्गीय सभापति देवकोटाको निवास श्रीगाउँ वुटनीयामा शोकसभा आयोजना गरेको काँग्रेस दाङका सचिव शंकर डाँगीले जानकारी दिए ।
विहान १० वजे आयोजना गरिएको शोक सभामा उपस्थीतका लागि सचिव डाँगीले काँग्रेसका नेता कार्यकर्ता तथा भातृभगिनी संघसंसथाका पदाधिकारी तथा शुभचिन्तक सवैमा उपस्थीतिका लागि अनुरोध गरेका छन ।
यता नेपालीकाँग्रेस क्षेत्रनं ५ को आकसमीक वैठक वसी आफना सभापति वसन्त देवकोटाको निधनमा शोक प्रस्ताव पारित गर्दै कुशल नेतृत्व गुमाउँदा नेपाली काँग्रेस क्षेत्रनं ५ मर्माहत वनेको र दुखको यसघडिमा नेपाली काँग्रेसका साथै परिवारलाई परेको दैवय वज्रपातमा धैर्यधारण गर्ने शक्ति भगवानले प्रदान गरुन भन्दै दिवगंतआत्मामा श्रद्धाञ्जलि सहित शोकाकुल परिवारमा हार्दिक समवेदना प्रकट गरेको छ ।
क्षेत्रिय उपसभापति घनश्याम ढकालको अध्यक्षतामा वसेको वैठकले नेपालीकाँग्रेस जिल्ला कार्यसमिति सदस्य शुरेन्द्र खडकाका पिता दुर्गावहादुर खडका शान्तिनगर ईकाइ उपसभापति विरेन्द्र डाँगीकी सुपुत्रि झग्गु डाँगीको असामयीक निधनमा दुख प्रकट गर्दै दिवंगतमा श्रद्धाञ्जलि अपर्णगर्दै शोकाकुल परिवारमा हार्दिक समवेदना प्रकट गरेको छ ।
यसैविच नेपाली काँग्रेस क्षेत्रनं ५का सचिव द्धय चुडामणि ढकाल र जिवराज खरेलले संयूक्त विज्ञप्ती जारी गरीमङगलवार नेपालीकाँग्रेस दाङले सभापति स्वर्गीय वसन्त देवकोटाको निवासमा आयोजना गरेको श्रद्धाञ्जली सभामा उपस्थीतका लागी नेपालीकाँग्रेसका क्षेत्रिय कार्यसमितिका पदाधिकारी महासमिति सदस्य महादिवेशन प्रतिनिधि एवं नेता कार्यकर्ता तथा भातृभगिनी संघका पदाधिकारी ,शुभेच्छुक सवैमा विहान १० वजे उपस्थीतिका लागि अनुरोध गरेकाछन ।
