nepal-moneyकाठमाडौं, १७ असोज ।  आइतबारदेखि राष्ट्र बैंकले नयाँ नोट सटही खुल्ला गरेको छ । दसैँका लागि राष्ट्र बैंकले खुद्रा नोटको सटही गरेको पहिलो दिन नोटको साट्नेको बैंकमा भिड लागेको छ ।यसरी नोट सटहीका लाइन लागिरहँदा राष्ट्र बैंकले नोटको जतन साथ राख्न सबैलाई आग्रह गरेको छ ।

‘नोट राष्ट्रकोे पहिचान हो, राष्ट्रको सम्पति हो, नोटलाई हिफाजत गर्नु हाम्रो कर्तव्य हो’ भन्ने नारासहित राष्ट्र बैंकले नोटको प्रयोग गर्दा राख्दा निम्न कुरामा ध्यान दिन आग्रह गरेको छ ।

 नोट राख्दा मनी व्याग वा पर्सको प्रयोग गरी नोटको जतन गर्ने बानी बसालौं ।

नोटमा जथाभावी केरमेट नगरौं, नलेखौं ।

नोटलाई अबिर, अक्षता, माटो, धमिरा, मुसा, आगो, पानी इत्यादीबाट जोगाऔं ।

नोटलाई कच्याककुच्चुक नपारौं, पोको नपारौं र जमिनमा गाड्ने काम नगरौं ।

नोटको हिफाजत गर्ने कुरा आफूले पनि बुझौं र अरुलाई पनि बुझाऔं ।

 पूजाआज गर्दा अथवा कुनै काम गर्दा मैलिएका हातहरुले सकेसम्म नोट नछोऔं ।

आफूलाई आवश्यक पर्ने भन्दा बढी नोट बैंकमा जम्मा गर्ने बानी बसालौं ।

बैंकमा चेक, एटिएम कार्डहरु प्रयोग गरी नगद कारोबार कम गर्ने बानी बसालौं ।

कारोबारको क्रममा शंकास्पद नोटहरु पाइएमा नजिकैको नेपाल राष्ट्र बैंकको कार्यालय वा अन्य बैंक तथा वित्तीय संस्थामा दाखिल गरौं ।