एजेन्सी, १७ असोज । भारत र पाकिस्तानबीचको वढ्दो तनावसँगै भारतले विभिन्न आक्रमण वेहोर्नु परिरहेको छ । त्यसैक्रममा आइतवार राति मात्रै भारतको अधिनस्थ कश्मिरको बारामुलामा भारतीय सेनाको ४६ राइफल्स क्याम्पमा आइतबार राति आक्रमण भएको छ ।
राति १० बजेर ३० मिनेटको समयमा चरमपन्थीले आक्रमण गरेका हुन् । हमलापछि दुबैतर्फबाट गोलाबारी भएको थियो । आक्रमणकारीले भारतीय सेनाको क्याम्पमा गोलीसँगै ग्रिनेड हानेका थिए । यो हमलामा उरीमा जस्तै कम्तिमा पनि चारजना संलग्न भएको भारतीय भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
हमलापछि राष्ट्रिय राइफल्सका कमाण्डो र सीमा सुरक्षा बल (बीएसएफ) का जवाहरुले आक्रमणकारीको खोजी गरिरहेका छन् । आक्रमणपछि भएको भिडन्तका क्रममा एकजना भारतीय सैनिक र दुईजना आक्रमणकारी मारिएका छन् ।
