एजेन्सी, १७ असोज । पूर्वी भारतको झारखण्ड राज्यमा प्रहरीले गोली प्रहारबाट चारजना गाउँलेको मृत्यु भएको छ । यस घटनामा परी प्रहरीअधिकारीसहित १२ भन्दाबढी घाइते भएका सरकारी अधिकारीहरुले जनाएका छन् ।

22222

                                                               गोलीबाट घाइते भएका गाउँलेको उपचार हुँदै

‘नेसनल थर्मल पावर कर्पोरेसन’ स्थापना गर्न लागिएको विरुद्धमा स्थानीयबासीले गरेको आन्दोलन क्रममा प्रहरीले चलाएको गोलीबाट ती गाउँलेको ज्यान गएको हो ।

झारखण्ड राज्यको प्रान्तीय राजधानी राँचीदेखि ८० किलोमिटर उत्तरतर्फ हजारीबाघ जिल्लाको बार्कागाओन क्षेत्रमा सो घटना भएको हो । सो आन्दोलनको कांग्रेस पार्टीका सांसदले नेतृत्व गरेका थिए । सो कर्पोरेसनविरुद्ध सन् २००४ देखि आन्दोलन हुदैआएको छ ।