इस्लामावाद –भारत र पाकिस्तानवीच बढ्दो तनावपछि चीनले आफुलाई पाकिस्तानको पक्षमा उभाएको छ । पाकिस्तानी मिडिया रिपोर्टका अनुसार, चीनका कन्सुलर जनरल यु बोरेनले भनेका छन्, ‘यदी कुनै विदेशी हमला भयो भने हामी पुरै पाकिस्तानको सहयोग गर्नेछौँ । चीन कश्मी विवादमा पाकिस्तानको साथ छ ।

pak-china-c_1474727744

चीनले अरु भनेको छ
–पाकिस्तानको पत्रिका डनले आफ्नो रिपोर्टमा बोरेनले यो सन्देश पंजाव प्रान्तको मुख्य मन्त्री शाहवाज शरीवसँगको भेटमो भनेको उल्लेख गरेको छ ।
–बोरेनलाई उद्धृत गर्दै रिपोर्टमा भनिएको छ, ‘चीन कश्मीर मुद्दामा पाकिस्तानका साथ छ । भारत प्रशाशित कश्मीरमा निहथ्थे मानिससँग ज्यादती भएको छ, यसलाई ठीक मान्न सकिन्न ।’

–‘कश्मीर विवादको हल कश्मीरिवासीको चाहना अनुसार गरिनुपर्छ ।’
–वैठकपछि मुख्य मन्त्रीको कार्यलयका तर्फबाट एउटा विज्ञप्ती पनि जारी गरिएको थियो ।

रातोपाटी बाट