चितवन ९ असोज । त्रिशुली नदीमा गाडी खसेर भएको सवारी दुर्घटनामा परेका पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेको अवस्था अझै अज्ञात छ ।घिमिरे आफैंले चलाएको बा ९ च १५३१ नम्वरको स्कारपियो गाडी मुग्लिनबाट २ किलोमिटर काठमाडौंतर्फ कुरीनटार नजिक घोप्टेभिरबाट त्रिशुली नदीमा खसेको थियो । दुर्घटनामा परी घिमिरेकी आमा चैतत्यकुमारी घिमिरेसहित ३ जनाको ज्यान गएको छ ।

madhav-ghimireघिमिरेसहित उनका दुई भाइ प्रकाश र मदन तथा एक अंगरक्षक नदीमा वेपत्ता छन् । उनीहरुको खोजी निरन्तर जारी राखिएको चितवनका प्रहरी प्रमुख एसपी बसन्त कुँवरले जानकारी दिए । आपतकालिन उद्धारमा जुट्दै आएको शशस्त्र प्रहरीको विपत व्यवस्थापन तालिम केन्द्र कुरीनटारका तालिम प्राप्त प्रहरीहरुले खोजी जारी राखेका छन् । त्रिशुलीमा पानीको वाहाव बढी भएका कारण खोजीमा समस्या आएको कुँवरले जानकारी दिए ।

उनका अनुसार गाडी पुरै पानीमा डुवेको छ । ‘गाडी नै कहाँ छ भन्ने थाहा छैन’ एसपी कुँवरले भने, पहिला गाडी नै खोज्ने प्रयत्न हुँदैछ ।’नेपाली सेना, शशस्त्र प्रहरी र जनपथ प्रहरीको १ सय जनाको टोली घटनास्थलमा परिचालन गरिएको छ । अहिले बत्तिको व्यवस्था गरी खोजी गर्ने काम शुरु गरिएको छ ।
अनलाइन खबर बाट