इन्द्रेणी संवाददाता
घोराही, ९ असोज । असहाय बालबालिकाको लागि शैक्षिक सहयोगार्थ प्रकाशित पुनरागमन उपन्यासले बालबालिका शैक्षिक सहयोगार्थ सहयोगकोष संकलन अभियान शुरु भएको छ । अभियानअन्तगर्त पुनरागमन उपन्यासको टोलीले घोराहीको मार्क कलेजमा भोलि सोमबार बिहान विशेष कार्यक्रम गरिने भएको छ ।
बालबालिकाको शैक्षिक सहयोगकोषका लागि पनि कार्यक्रममा पुस्तक बिक्रीबाट सहयोग रकम संकलन गर्ने पुस्तकका लेखक सविन प्रियासनले बताए ।
सहयोग रकम अक्षयकोषकारुपमा स्थापना गरिने र उक्त रकमबाट असहाय बालबालिकालाई उच्च शिक्षा अध्ययनका लागि सहयोग गरिने प्रियासनले जानकारी दिए । जिल्लाका सबैजसो विद्यालय, कलेज एवं सामाजिक संघसंस्थामा समेत कार्यक्रम गरिनेछ ।
