सुर्खेत, ६ असोज । लामो समयदेखि अवरुद्ध मध्यपहाडी लोकमार्गअन्तर्गत सुर्खेत–अछामको मङ्गलसेन सडकखण्ड सुचारु भएको छ ।
वर्षातका कारण आएको पहिरोले यो खडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको थियो ।
मध्यपहाडी राजमार्गको अछाम कालिकास्थानको अवरुद्ध सडक खुलेपछि बससेवा सञ्चालनमा आएको हो । वर्षामा आएको पहिरो हटाएपछि सुर्खेतबाट बस अछामको मङ्गलसेन जान थालेका छन् ।
बस सञ्चालनमा आएसँगै सुर्खेतबाट मङ्गलसेन जाने र बाहिर जाने यात्रुलाई सहज भएको छ । सडक खुलेसँगै मङ्गलसेनबाट साँफेबगर, दीपायल, डडेलधुरा हुँदै कैलालीको अत्तरिया जानुपर्ने बाध्यता हटेको छ ।
