काठमाडौं, ६ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अन्तराष्ट्रिय गैरसरकारी संस्था (आइएनजीओ) हरुले पछाडि पारिएका जनताको जिवनस्तर माथि उठाउने र उनीहरुको उत्थानको लागि काम गर्छाै भने पनि त्यो अनुसार काम नगरेको बताएका छन् । गैरसरकारी संस्थाहरुले तारे होटलमा प्रतिवेदन सार्वजनिक गरेर बजेट सक्ने गरेको दाहालको आरोप थियो ।

11092016082049dsc_4877-1000x0प्रधानमन्त्री दाहालले समाज कल्याण परिषद्ले आज काठमाडौमा गरेको ३७ औं सामाजिक सेवा दिवस कार्यक्रममा विकट क्षेत्रका गरिब जनताको हितमा काम गर्नुको साटो आइएनजीओहरुले तारे होटलमा गोष्ठी र सेमिनार गर्न बढ्ता प्राथमिकता दिने गरेको आरोप लगाए । उनले गरिबहरुको उत्थानको नारा लगाइए पनि आइएनजीओहरुले गरिबलाई रणनीतिक रुपमा मात्र प्रयोग गरिरहेको आरोप लगाए ।

प्रधानमन्त्री दाहालले आइएनजीओहरु नेपाल आउने क्रम बढ्नुका पछाडि सामाजिक सेवाको भाव नै हो वा अन्य कुनै स्वार्थ छन् भन्ने बारेमा समीक्षा गर्न आवश्यक रहेको पनि बताए ।
नेपालमा हाल २ सय ६० वटा आइएनजीओहरु कार्यरत छन् । ती मध्ये कतिपय आइएनजीओले सरकारसँग अनुमति नै नलिइ आफुखुशी बजेट खर्च गर्दै आइरहेका छन् ।