गोरखा, ६ असोज । गारखा जिल्लाको मनासलु पदमार्गको उहिया गाविसमा रहेको तातोपानी र केरौंजा–९ जोड्ने पुल नजिकैको दोभारमा पहिरो जाँदा दुई विदेशी पर्यटकसहित पाँच जनाको ज्यान गएको छ । यससँगै मृतकको स‌ंख्या ५ पुगेको छ । मृत्यु हुनेमा २ विदेशी र ३ नेपाली छन् ।

22092016053421manaslu_landslide_5-1000x0आज बिहान करिब ८ बजे पहिरो गएको स्थानीयले जनाएका छन् । पहिरोमा परि स्पेनिस नागरिकसहित ओखलढुङ्गा घर भएकी क्यान, नेपाल बस्ने २५ वर्षिया रञ्जना बस्नेत, पर्यटक गाईडहरु गोकर्ण काठमाडौं बस्ने ३५ वर्षीय दार्जे लामा र ३० वर्षीय छिरी शेर्पाको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा परि अन्य १२ जना विदेशी र २ जना नेपाली घाइते भएका छन् । घाइतेहरुलाई दिउँसो १ बजे मात्रै हेलिकप्टरले उद्धार गरेर काठमाडौं लगिएको छ ।

22092016053421manaslu_landslide_1फिस्टेल एयरको हेलिकप्टरले घाइतेको उद्धार गरेको हो । घाइते हुने दुई नेपालीमा सोलीकी २४ वर्षीया प्रिति मगर र सोलु कै २५ वर्षीया चेतकुमारी मगर रहेका छन् । उनीहरुको टाउको तथा खुट्टमा चोट लागेको बताइएको छ । १२ विदेशीको भने पहिचान खुली सकेको छैन  . क्यान, नेपालकै अन्य दुई कर्मचारी घाईते भएका प्रमुख जिल्ला अधिकारी नारायण भट्टले जानकारी दिए ।

त्यस क्षेत्रमा राती पानी परेर पहिरो गएको अनुमान गरिएको छ । रञ्जनालाई पहिरोले पुरेपछि बुढीगण्डकी नदिले बगाएको त्यहाँ पुगेका प्रहरीले जानकारी दिएका छन् । घटना स्थल वरपर टेलिफोनको सुविधा छैन । ‘घटनास्थलमा पहिरो खस्ने क्रम रोकिएको छैन,ु प्रहरी प्रमुख एसपी जनकराज पाण्डेयले घटना स्थल पुगेका प्रहरीलाई उदृत गर्दै भने । पहिरोकै कारण शवहरुको उद्धार हुन सकेको छैन । सिर्दिबासको जगत र माछिखोला प्रहरी चौकीका ७ जना प्रहरी घटनास्थल पुगेका हुन् ।