काठमाडौं, ६ असोज । मिसेस नेपाल इन्टरनेशल २०१६ को उपाधी अनुपमा रार्ईले जितेकी छिन् । रिवन इन्टरटेनमेन्ट प्रालिको आयोजनामा भएको मिसेस नेपाल इन्टरनेशल २०१६ दोस्रो संस्करणको प्रतियोगिताको उपाधी अनुपमा राईले जितेकी हुन् ।
करीब ४५ दिन लामो प्रशिक्षणपछि भद्रकालिस्थित आर्मी अफिसर्स क्लबमा अयोजित प्रतियोगितामा राईले ३९ जना प्रतिस्पर्धीलाई पछि पार्दै बेस्ट पर्शनालिटी उप–उपाधी समेत आफनो पोल्टामा पारेकी छिन् । प्रतियोगितामा प्रमुख निर्णायक अभिनेत्री गौरी मल्लद्धारा गरिएको तपाईको विचारमा महिला र पुरुषको बिचमा बैद्धिक्तामा फरक छ या छैन भन्ने उत्तरमा “मेरो विचारमा महिला र पुरुष बौद्धिक्तामा बराबर हुन्छन् ।
यो त समाज हो, जसले भिन्नता देखाइदिन्छ । महिलाहरु पुरुषहरु पुग्ने प्रत्येक तहमा पुगीरहेका छन्, घर सम्हाल्दै विभिन्न दायरा पार गर्दै, यदि महिलाहरुलाई समान अवसर प्रदान गरियो भने महिला पुरुषको तुलनामा हरेक क्षेत्रमा सम्मान पुग्न सक्छन्” भन्ने जवाफ दिएर प्रमुख उपाधी चुमेकी थिइन् ।
राईलाई अभिनेत्री मल्लले गत वर्षकी मिसेस नेपाल इन्टरनेशनल सबिता लामिछानेको ताज पहिराईदिएकी थिइन् । विवाहित महिलाहरुबिचको प्रतियोगितामा बिन्दा खतीवडा फष्ट रनर्स अप तथा सोसियल वेलफियर एम्बेसडर, ज्योति थापा फेसन आइकनका साथ सकेण्ड रनर्सअप, समुन्द्र लामा थर्ड रनर्स अपका साथ म्यानेजमेन्ट च्वाइस र चुना केसी आइकननिक आइज र भ्युवर्स च्वाइसका साथ फोर्थ रनर्स अप विजेता भएका छन् ।
