बिकाश डाँगी
तुलसीपुर ५ असोज । जिल्ला प्रशासन कार्यालय दाङले बजार अनुगमनलाई तिव्रता दिएको छ ।  जिल्लाका विभिनन स्थानमा अनुगमनलाई तिव्रता दिएको प्रशासनले बुधबार तुलसीपुर बजार अनुगमन गरेको छ ।

14429628_1035104983276588_1818739451_nचाडपर्वहरुको समयमा हुन सक्ने कालो बजारी, मिसावट, म्याद नाघेका बस्तुहरुको बिक्रि, ठगी र दर्ता भएनभएको सँगै मूल्य सुचिका बारेमा अनुगमन भएको हो । जिल्ला प्रशासन कार्यालयमा रहेको बजार अनुगमन तथा नियन्त्रण समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालको नेतृत्वको टोलीले तुलसीपुरका विभिन्न पसलको अनुगमन गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी दुलालको नेतृत्वमा गएको खाद्य निरक्षण ईकाईका खाद्य निरीक्षक प्रतिक जोशी, घरेलु कार्यालयका उद्योग अधिकृत उमबहादुर ओली, तुलसीपुर उद्योग बाणिज्य संघका महासचिब नेत्रलाल वली, प्रहरी र पत्रकाहरुको टोलीले तुलसीपुर बजारका १६ वटा विभिन्न पसलहरुको अनुगमन गरेको सहायक प्रमुख जिल्ला अधिकारी दुलालले जानकारी दिनु भयो ।

14454627_1035104989943254_325557593_nअनुगमनका क्रममा ६ वोतल फ्रुटी बिषाक्त अबस्थामा भेटाएको छ । यसैगरी १६ प्याकेट म्याद नाघेको मसला जफत गरिएको खाद्य निरीक्षक जोशीले जानकारी दिए ।

यसैविच आबस्यक कागजपत्र नभएको भन्दै महेन्द्र मेडिसीनका सञ्चालकलाई कागज पत्र सहित एक हप्तामा जिल्ला प्रशासनमा उपस्थित हुन टोलीले निर्देशन समेत दिएको छ ।



Comments are closed.