काठमाडौं, ५ असोज । अमेरिकाले न्युयोर्क र न्युजर्सीमा बम राखेको अरोपमा अहमद खान राहमी विरुद्ध मुद्दा दर्ता गरेको छ ।
न्युयोर्कको म्यानहटनमा शनिबार बम बिस्फोट हुँदा ३१ जना घाइते भएका थिए । राहमीमाथि न्युजर्सी राज्यले प्रहरीको हत्या प्रयास गरेको आरोप दर्ता गरेको छ ।

2000राहमीले म्यानहटनमा दुईवटा बम राखेको अनुसन्धानकर्ताले बताएका छन् । यस्तै त्यसअघि न्युजर्सीमा पनि एउटा बम बिस्फोट भएको थियो । त्यसमा कोही पनि घाइते भएका थिएनन् । राहमीले केही महिनादेखि आक्रमणको तयारी गरेको अनुसन्धानबाट खुलेको सरकारी अधिकारीले बताएका छन् ।