बिकाश डाँगी
तुलसीपुर ४ असोज । तुलसीपुर १९ क्याङखोलामा ९३ लाख रुपैया लगानी गरेर पक्की पुल निमार्ण गरिएको छ । २०७१ साउन २९ गते आएको बाढीले खोलामा भएको पुल वगाउदा सर्बसाधरण र विद्यार्थीहरुलाई आवागमनमा समस्या पर्दे आएको थियो । क्याङखोलामा पुल निमार्ण भए पनि स्थानीयहरु खुसी भएका छन । ३ वर्ष देखि खोलामा पुल नहुदा स्थानीयहरुले समस्या भोग्दै आएका थिए ।
पुल निमार्णको ठेक्का लिइर जुद्ध एण्ड पुर्ण निमार्ण कम्पनीले पुल निमार्ण सम्पन्न गरि जिल्ला विकास समितिलाई हस्तान्तरण गरेको छ । ९२ लाख ९६ हजार ३ सय ४६ रुपैयामा ४ महिनामा १२ मिटर २३ सेन्टीमिटर लम्बाई र ४.८५ मिटर चौडाइ भएको पुल निमार्ण भएको हो । पुलको मंगलवार एक कार्यक्रमको आयोजना गरि उदघाटन गरिएको छ । पुल निमार्णका लागि पहल र सहयोग गरेका दाङका सासद डिल्ली बहादुर चौधरीले औपचारिक रुपमा पुलको उदघाटन गर्नु भएको हो ।
पुलको उदघाटन गर्दे सासंद चौधरीले वाढिले पुल बगाउँदा परेको अपढेरो अवस्थालाई मध्यनजर गरेर पुल निमार्णमा पहल गरेको वताउनुभयो । उहाले स्थानीयहरुले पुल निमार्णका लागि पटक पटक झकझगाएको भन्दै स्थानीय स्तरको विकास निमार्णको लागि पनि यसरी नै विकासको माग गर्न आग्रह गर्नु भयो । उहाले पुल निमार्णले आफुुलाई धेरै खुसी बनाएको भन्दै आगामि दिनमा पनि दाङको विकासमा लागिरहने वताउनुभयो ।
मैले विकास गर्ने हो तपाईले विकासको माग गरेर मलाई काम दिनोस म विकासको भारी वोक्न तयार छु उहाले भन्नुभयो । मैले विकासमा राजनिित गर्ने छैन सबैलाई समान रुपमा हेर विकास गर्छुु अव पनि त्यहि गर्छु र पहिले पनि त्यहि गरेको छुु । उहाले पुलको निमार्णको काम राम्रो भएको भन्दै निमार्ण ब्यवसायीलाई पनि धन्यवाद दिनुभयो । स्थानीय विकास अधिकारी रमेश गौतमको अध्यक्षतामा भएको कार्यक्रममा एमाले नेता शोभाराम बस्नेतले पुल निमार्णको पहल गर्ने सभासद चौधरी रहेको भन्दै अव बाटो कालोपत्रे गराउन आग्रह गर्नु भयो । उहाले जिल्लाका चौधरी विकास प्रेमी नेताको रुपमा रहेका भन्दै जनताको भावना बुुझेर काम गर्न अनुरोध गर्नु भयो ।
