बिपेन उलङगे
क्वालालाम्पुर  । मलेसियामा १३ औं फ्रेन्डसिप धमका दिपावली साँझ  हुने भएको छ । कृष पुलामी कृष्णुको प्रस्तुतिमा मलेसियाको विभिन्न सहरमा आधा दर्जन बढि कलाकारहरुले प्रस्तुति दिने भएका छन । धमकाका लागि नायिका शुस्मा कार्की, गायक शिव परियार, गायिका तथा मोडेल शरिस्मा मगर, लोक गायिका तृष्णा घर्ती मगर लगायतको बेजोड प्रस्तुति रहने कार्यक्रम निर्देशक पुलामीले जानकारि दिए ।
14384257_1239883609396359_657489423_n
कार्यक्रमलाई ब्यबस्थापन  असल छिमेकी रावाङ , पुर्ण सुब्बा, जग्बिर गुरुङ र दुर्गा घलेले मलेसियाको रावाङमा गर्नेछन भने बातुपाहातमा फर्स घर्ती ,सन्तोष कार्की र बल थापाले गर्ने छन । कार्यक्रम २९ अक्टोबर रावाङ र ३० अक्टोबरमा बातुपाहात लगायतका स्थानमा हुदैछ ।  धमकाका लागि नेपालबाट आउने कलाकारहरु दर्शकको माग बोमोजिन आमान्त्रणा गरेको र अझै कलाकारहरु ल्याईदिन दर्शकको माग भएकोले कलाकारको सङ्ख्या थप्न सकिने निर्देशक पुलामीले नयासमाचारलाई बताए

बिगत केही बर्ष देखि लगातार फ्रेन्डसीप धमकाबाट सय भन्दा बढि कलाकार मलेसियामा उतारेका क्रिस पुलामी कृष्णको यो १३ पटक गर्नलागेको साङगितिक कार्यक्रम हो । मलेसियामा निरन्तर  कार्यक्रम गर्दै आएका पुलामिले मुनाफाको रकम सामाजिक कार्यमा लगाउने गरेका छन । उसोत  यो संगै मलेसियामा छ ओटा जति  साङगितक कार्यक्रम हुदैछन ।