घोराही, भारतिय सेनामा भर्ति हुन सफल युवाहरुलाई ब्रेभ गोर्खा ट्रेनिङ सेन्टर घोराहीले विदाई गरेको छ । सेन्टरबाट ट्रेनिङ गरेर यही भदौ २६ गते नेपालगञ्जमा भएको भर्ना छनोटबाट छनोट हुन सफल २१ जना युवाहरुलाई एक कार्यक्रमको आयोजना गरि विदाई गरिएको हो ।
सेन्टरका सञ्चालक सञ्जु केसीको अध्यक्षता एवं जिल्ला सैनिक बोर्ड दाङका सेक्रेटरी भिमबहादुर थापाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा ईण्डीयन आर्मी क्याम्प चौघेराका सुवदार मेजर टेकमान बुढा, नेपाल पत्रकार महासंघ दाङका सदस्य आर.के.शीतल, स्थानीय शान्ति समितिका सदस्य कुलबहादुर घर्ति, जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष कैलाश रोका, एमालेका भोजराज वली, छनोट हुन सफल युवाहरुको तर्फबाट लालबहादुर घर्ति, मगर लगायतले बधाई तथा शुभकामना मन्तव्य राख्नुभएको थियो । सेन्टरका सञ्चालक तिलक वलीको स्वागत मन्तव्यबा सुरु भएको कार्यक्रमको सहजिकरण सञ्चारकर्मी प्रकाश पुनले गर्नुभएको थियो ।
२०७० साल फाल्गुनमा स्थापना भएको ब्रेभ गोर्खा ट्रेनिङ सेन्टर घोराहीले ८३ जना युवाहरुलाई विभिन्न देशको आर्मीमा छनोट गर्न सफल भएको सेन्टरका सञ्चालक तिलक वलीले जानकारी दिनुभयो । सेन्टर मध्य तथा सुदुरपश्चीम कै सफल भएको पनि उहाँले जानकारी दिनुभयो । निश्चीत सिट कोटामा विद्यार्थी भर्ना गरेर संख्यात्मक भन्दा पनि गुणस्तरलाई प्राथमीकता दिएर काम गरिरहेको उहाँको भनाई छ । साथै विगत देखी नै विद्यार्थीहरु सफल रुपमा विभिन्न देशका सेनामा भर्ना गर्न सफल भएको पनि उहाँले जानकारी दिनुभयो ।
