पाँचथर, २ असोज । केही दिनदेखि परेको पानीका कारण पहिरो जाँदा पाँचथर लुङरुपाका आठ घर विस्तापित भएका छन् । शनिबार राति गएको पहिरोका कारण लुङरुपा–२ छेउटारको तामाङ बस्तीका आठ घर विस्तापित भएका हुन् ।
स्थानीय फेमे खोलाको शिरबाट गएको पहिरो बस्तिसम्म पुग्दा आठ घर विस्थापीत भएको हो । स्थानीय डिल्लिराम दुलालका अनुसार कमलप्रसाद तामाङ, नर्भु तामाङ, सुकमान तामाङ, लाक्पा तामाङ, बाखिन तामाङ, निशान तामाङ, रणदल तामाङ र आसगोले तामाङको परिवार विस्थापित भएका हुन् ।
उनीहरुको घरमा भएका सामानहरु स्थानीयले अन्यत्र सारेपनि यहाँ अहिलेसम्म प्रहरी पुग्न सकेको छैन । पाँचथरका प्रहरी नायब उपरिक्षक नकुल पोख्रेलका अनुसार घटना भएको थाहा पाएपछि आफूले प्रहरी टोलीलाई त्यसतर्फ जान भनेर खटाएको बताए ।
