काठमाडौं, २ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिने भारतको राजकिय भ्रमणमा छन् । उनले भ्रमणका समयमा विभिन्न व्यक्ति तथा उच्च पदस्त व्यक्तिहरुसँग पनि भेटघाट गरेका छन् । विशेष गरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटघाटलाई चासोको विषयमा हेरिएको छ । यो समयमा प्रचण्ड र मोदी विच केही गोप्पे वार्ताहरु पनि भएको बताइएको छ ।
प्रधानमन्त्री प्रचण्डले मोदीलाई धार्मिक र राजनीतिक भ्रमणका लागि दिएको निम्तोको जवाफमा मोदीले छिटै समय मिलाउने पनि बताएका छन् । भेटमा मोदीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘अहिले राष्ट्रपतिजी जाँदै हुनुहुन्छ, यो सफल पारौँ । म पनि नेपाल भ्रमणको समय जुराउनेछु ।’ दुवै प्रधानमन्त्रीबीच हटलाइनमा रहेर आपसी समस्या समाधान गर्ने सहमति भएको छ । यसबारे मोदीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘यसलाई चाँडै नै व्यवस्थित बनाउन म हरसम्भव कोसिस गर्नेछु ।’
डिपिआरमा मोदीको जोड भारतीय प्रधानमन्त्री मोदीले माथिल्लो कर्णाली, सप्तकोसी उच्च बाँध र पञ्चेश्वरको नाम नै लिएर डिपिआर (विस्तृत परियोजना प्रतिवेदन) तयार गर्न नेपालसँग आग्रह गरेका छन् । ‘पहिला डिपिआर तयार गरौँ, त्यसपछि शीघ्र कार्यान्वयनमा जोड दिउँ, भारत आफ्नोतिरको सबै समस्या समाधान गर्न तयार छ, तपाईँहरू पनि गर्नुहोस्,’ मोदीको भनाइ उद्धृत गर्दै एक नेपाली अधिकारीले भने। १९५० को सन्धि संशोधनको प्रस्ताव ल्याउन आग्रह भारतीय प्रधानमन्त्री मोदीले सन् १९५० को सन्धिमा के–के संशोधन गर्ने भन्ने विषय समेटेर प्रस्ताव ल्याउन आग्रह गरेका छन् । यसअघि सन् २०१४ मा नेपाल भ्रमण गर्दा पनि मोदीले यही भनेका थिए । स्रोतका अनुसार प्रचण्डसँग मोदीको भनाइ थियो, ‘के–के संशोधन गर्ने हो, प्रस्ताव ल्याउनुस्, आपसी हित र सम्बन्ध सुदृढ हुने गरी जे गर्नुपर्छ, गरौँला ।’ उनले प्रबुद्ध समूहले जनताबीचको सम्बन्ध परिवर्तित हुने गरी प्रस्ताव ल्याउने पनि अपेक्षा व्यक्त गरेका थिए ।
मोदीले एकीकृत जाँच चौकीमा नेपालतिरको समस्या समाधान गर्न आग्रह गरेका छन् । मोदीले सीमापार रेल्वेका लागि नेपालतर्फ जग्गा अधिग्रहणलगायतको समस्या समाधान गर्न पनि आग्रह गरे । पेट्रोलियम र ग्यास पाइपलाइनमा संयुक्त रूपमा काम गर्न र नयाँ सम्भावना खोज्न पनि मोदीले आग्रह गरेको स्रोतले बतायो । काठमाडौं–लुम्बिनी रेल सर्भे प्रस्ताव प्रचण्डसँग मोदीले काठमाडौं–लुम्बिनी रेल्वे लाइनको सर्भेका लागि बैठकमा प्रस्ताव गरेका थिए । नेपाल र चीनबीच चीनले सर्भे गर्ने सहमति यसअघि नै भइसकेको छ । ‘हामीलाई यो आग्रह गर्नुहुन्छ भने कार्यान्वयनका लागि तयार छौँ,’ मोदीको भनाइ उद्धृत गर्दै एक अधिकारीले भने । व्यापार सम्झौता स्वतः नवीकरण मोदीले व्यापार सम्झौता आगामी महिनादेखि सात वर्ष स्वतः नवीकरण हुने बैठकमा बताएका थिए ।
यसअघि कर्मचारीस्तरमा सहमति भए पनि नेपाल पक्ष ढुक्क थिएन । सडक र ऊर्जामन्त्रीलाई निर्देशन मोदीले भारतको सडक पूर्वाधार तथा ऊर्जामन्त्रीलाई नेपाल–भारत संयुक्त परियोजना तीव्र गतिमा अघि बढाउन आफूले निर्देशन दिइसकेको बैठकमा बताएका थिए । कोसी र गण्डकमा फेरी सञ्चालन मोदीले हल्दियाबाट नेपालको कोसी र गण्डकमा फेरी सञ्चालनका लागि संयुक्त रूपमा काम गर्न प्रस्ताव गरेका छन् । मोदीको भनाइ थियो, ‘हामी भारतलाई जोडिरहेका छौँ, नेपाललाई पनि जोड्न सकिन्छ भन्ने लागेको छ ।