नेपाली कांग्रेसको भातृ संगठन नेपाल महिला संघको केन्द्रीय सदस्यमा दाङकी गिरिजा न्यौपाने निर्वाचित भएकी छिन् । शुक्रबार राति सकिएको मतगणना अनुसार न्यौपानेले ८ सय २६ मत प्राप्त गरी केन्द्रीय सदस्यमा निर्बाचित भएकी हुन् । उनीले प्रदेश नंबर ५ तथा दाङबाट एक मात्र उम्मेदवारी थिईन् ।
नेपाल महिला संघको तेस्रो महाधिबेशनबाट उनी केन्द्रीय सदस्यमा निर्बाचित भएकी हुन् । महिला संघको केन्द्रीय सदस्यमा निर्बाचित भएसंगै उनले महिलाका हक अधिकारका लागि आवाज उठाउने बताएकी छिन् । महिलाहरु घरमा मात्रै नभएर पार्टीबाट समेत दवाइएको भन्दै यस्को बिरुद्ध शशक्त आवाज उठाउने उनले राप्ती समाचारलाई बताईन् ।
अध्यक्षमा उमा रेग्मी विजयी भएकी छिन् । गएराति सकिएको मतगणना अनुसार मिना पाण्डेलाई दुई सय दुई मतले पछि पार्दै रेग्मी विजयी भएकी हुन् । रेग्मीले ९ सय ९८ तथा पाण्डेले सात सय ९६ मत प्राप्त गरेकी छिन् ।
रेग्मीलाई सभापति देउवा पक्ष र पाण्डेलाई रामचन्द्र पौडेल पक्ष मानिन्छन् । यस्तै महासचिवमा रेग्मी प्यानलकै धना खतिवडा विजयी भएकीछिन् । उनले ९ सय ५८ मत प्राप्त गरेकी छिन् । प्रतिस्पर्धी गोमा केसीले सात सय ७७ मत प्राप्त गरेकी थिईन् ।
यस्तै कोषाध्यक्षमा रेग्मी प्यानलकै जानकी सिंह निर्वाचित भएकी छिन् । अध्यक्ष सहित ५६ जनाको केन्द्रीय समितिको लागि विद्युतीय मतदान भएको थियो । ५६ मध्ये नेता रामचन्द्र पौडेल पक्षकी कल्याणी ाी रिजालमात्र सदस्य पदमा निर्वाचित हुनुभएको छ ।
ऋजबत ऋयलखभचकबतष्यल भ्लम
त्थउभ ब mभककबनभ।।।











