काठमाडौं ।  काठमाडौंको  दशरथ रंगशाला बर्षे झार तथा फोहरले भरिएको थियो । नेपालको एकमात्र अन्तर्राष्ट्रियस्तरको दशरथ रंगशालामा झाडी उम्रिएर कुरुप भएपछि  रंगशालाको यस्तो दुर्दशा देखेर खेलकुद मन्त्री दलजित श्रीपाली जब हातमा झाडु बाकेर रंगशाला उत्रिय रंगशालाको मुहारै फेरिएको छ।

daljit-serpailiमाओवादी केन्द्र निकट अखिल क्रान्तिकारी लाइ साथमा लिएर  दशरथ रंगशाला सरसफाई गर्न छिरेका मन्त्री कार्यक्रम अवधिभर सक्रियतापूर्वक सरसफाइमा जुटेका थिए ।

rangasala_safai-5
रंगशालामा सर्वसाधारण बस्ने साधारण प्याराफिटमा झार उम्रिएर झाडी बनेको थियो । पोष्टबहादुर बोगटी स्मृति दिवसको अवसर पारेर आयोजना गरिएको सरसफाइ कार्यक्रममा खेलकुदमन्त्री श्रीपाइलीसहित अखिल क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपाने लगायत सहभागी थिए ।