नारायणपुर सहलगानी खानेपानी तथा सरसफाई आयोजना अन्तरगत त्रिपुर– २ झारबैरामा डिप बोरिङको निर्माण सुरु गरिएको छ । नारायणपुर खानेपानी तथा सरसफाई समितिले बोरिङको निर्माण सुरु गरेको हो । १५ करोड १४ लाख १९ हजार २ सय ३२ रुपैया ६१ पैसा लागत स्टीमेट रहेको आयोजनाको झारवैरामा रहेको लालीगुरास महिला समूहको नर्सरीमा निर्माण गरिदै छ ।
त्रिपुर नगरपालिकाको वडा नम्बर १, २, ३, ४ र ५ का बजार क्षेत्र, झारवैरा, धैरेनी, जलौरा, सरस्वति टोल, पेट्रोल पम्प क्षेत्र, सौडिकुला, उद्योग वाणीज्य संघ क्षेत्र, नेपाल टेलिकम क्षेत्र, खैरा, डोक्रेना, पथरकोटिया, संयुक्त टोल, उत्तर अम्राई, दक्षीण अम्राई लगायत ४२ किलो मिटर क्षेत्रमा पाईप लाईन विस्तार गरेर पानी पु¥याउने सहलगानी आयोजनाको लक्ष्य रहेको छ । जसकालागी उपभोक्ताहरुको पनि लगानी आवश्यक छ । डिप बोरिङ निर्माण सँगसँगै केही महिनामै ४ लाख ५० हजार लिटर क्षमताको ओभरहेड टंकी पनि निर्माण गरिने समितिका अध्यक्ष कुलप्रसाद रजौरे (श्रवण) ले जानकारी दिनुभएको छ ।

निर्माण सुरु गरिएको डिप बोरिङको शिलन्यास गरिएको छ । खानेपानी तथा सरसफाई समितिले निर्माण गर्न लागेको डिप बोरिङको आज सुक्रवार ए कार्यक्रमको आयोजना गरि शीलन्यास गरिएको हो । बोरिङको त्रिपुर नगरपालिकाका कार्यकारी अधिकृत कमानसिंह थापा मगरले गर्नुभएको थियो । त्यस अवसरमा बोल्दै कार्यकारी अधिकृत थापाले यो आयोजना त्रिपुरकोलागी गौरवको आयोजना भएको भन्दै यसलाई समय मै सम्पन्न गर्न अनुरोध गर्नुभयो ।
जीवनकालागी अत्यावश्यक खानेपानीको व्यवस्थापन र विस्तारकालागी नारायणपुर खानेपानी समितिले गरेको कार्यको प्रशंसा गर्दै कार्यकारी अधिकृत थापाले त्रिपुर नगरपालिका भित्र खानेपानीको लागी नगरपालिकाले पनि सहयोग गर्ने बताउनुभयो । नगरपालिकाले चालु आर्थिक वर्षमा खानेपानीकालागी ५ लाख रकम विनियोजन गरेको पनि उहाँले जानकारी गराउनुभयो । श्साथै उहाँले आगामी वर्षकालागी पनि राजनितिक दल लगायत यसमा सरोकारका निकायहरु खानेपानीकालागी एक भएर अगाडी बढ्न पनि अनुरोध गर्नुभयो ।
नारायणपुर खानेपानी उपभोक्ता तथा सरसफाई समितिका अध्यक्ष कुलप्रसाद रजौरे(श्रवण) को अध्यक्षता एवं त्रिपुर नगरपालिकाका कार्यकारी अधिकृत कमानसिंह थापा मगरको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सदस्य कमल वली, एमालेका धरम सिजवाल, नेकपा माओवादी केन्द्रका भक्तिराम शर्मा, राष्ट्रिय जनमोर्चाका चन्द्रबहादुर रावत, राष्ट्रिय जनमुक्ती पार्टिका ठाकुर रोका, नेकपा माओवादीका भिमबहादुर बिक, समितिका सल्लहकार माधवप्रसाद पाण्डे, पूर्व सल्लाहकार विष्णुप्रसाद दाहाल, लालीगुरास समूहका अध्यक्ष जानका आचार्य लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । उपाध्यक्ष दिपक सुवेदीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सचिव अशोक शर्माले गर्नुभएको थियो ।











