३१ भदौ, काठमाडौं । सामान्य प्रशासन मन्त्रालयले गरेको सरुवा आफ्नो संगठनको हितविपरित रहेको भन्दै एमाले निकट कर्मचारीहरुले विरोध गरेका छन् ।ministry-of-general-administrationएमाले निकट नेपाल निजामती कर्मचारी संगठनले सरुवा सूचीमा असन्तुष्टि जनाउँदै शुक्रबार मन्त्रालयका सचिव पुर्णचन्द्र भट्टराईको कार्यकक्ष घेराउसमेत गरेको छ । सामान्य प्रशासन मन्त्रालयले शुक्रबार ७९२ कर्मचारीहरुको सरुवा गरेको छ । एमाले निकट कर्मचारीका नेता मोहन घिमिरेले भने, ‘सरुवाका नाममा एमाले निकट कर्मचारी संगठनको करिब ५० जिल्लाका विभागीय संयोजकहरुलाई सरुवा गरिदिएको छ, जिल्लास्थित आधारिक ट्रेड युनियनका पनि २० जना भन्दा बढी अध्यक्षहरुको सरुवा गरिदिएको छ । यसमा हाम्रो आपत्ती छ ।’

यस्तै संगठनले सरुवाका क्रममा आकर्षक कार्यालयमा रहेका एमाले निकट कर्मचारीलाई अन्यन्त्र सरुवा गरिदिएर प्रतिशोधपूर्ण व्यवहार भएको समेत आरोप लगाएका छन् ।।