दाङ, ३० भदौ । वृद्ध सेवा समिति जेष्ठ नागरीक समाज तुलसीपुरको १० औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । समितिका अध्यक्ष खुमानन्द अधिकारीको अध्यक्षता तथा जेष्ठ नागरीक जिल्ला संघका अध्यक्ष भोलानाथ योगीको प्रमुख आतिथ्यमा साधारण सभा भएको हो । featureकार्यक्रममा सचिव इन्द्रबहादुर बुढाथोकीले सांगठनीक प्रतिवेदन तथा कोषाध्यक्ष झग्गुप्रसाद गौतमले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा १० जना जेष्ठ नागरीक, असल छोरा वुहारी ३ जोडि र आर्थिक सहयोग गर्ने १७ जनालाई सम्मान गरीएको थियो ।।