काठमाडौं, ३० भदौ । चार दिने भारत भ्रमणका लागि आज नै भारत प्रस्थान गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ईन्धिरा गान्धी अन्तरराष्ट्रिय विमानस्थलमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले स्वागत गरेकी छिन् ।

15092016012519delli-600x0प्रधानमन्त्री प्रचण्ड र विदेशमन्त्री स्वराजवीच झण्डै १० मिनेट कुराकानी भएको थियो । कुराकानीको क्रममा विदेशमन्त्री स्वराजले भनिन्, ‘तपाईको यो भ्रमणले द्धिपक्षीय सम्बन्ध सुमधुर बनाउने छ भन्नेमा हामी पूर्ण विश्वस्त छौं, आगामी दिनमा दुई देशवीचको सम्बन्ध प्रगाढ र विश्वासका साथ अघि बढ्छ ।’

स्वराजले प्रधानमन्त्री प्रचण्डलाई भारत सरकारले राजनकीय सम्मान दिने समेत बताईन् । प्रधानमन्त्री प्रचण्डले आफ्नो भ्रमण द्धिपक्षीय सम्बन्धमा विश्वासको वातारण बनाउने बताइएको छ ।