लक्ष्मण रसाइली
कतार, ३० भदौं । बैदेशिक रोजगारको शिलशिलामा कतार पुगेका ७ जना नेपाली काम गरेको तलव नपाएर अलपत्र परेका छन । काठमाडौंको लालजिम्पाटमा रहेको रोयल ओभर्सिज मेनपावरबाट कतारको एक पाकिस्तानी कम्पनीमा पुगेका ७ जना युवक ६ महिना देखि तलब नपाउदा अलपत्र परेका हुन । qatarअलपत्र पर्ने नेपालीहरुमा नवलपरासीका साजन पुन, डान्स लम्साल, पिताम्बर लम्सालरहेका छन् भने,  स्याङजाका नागेस बिक, पाल्पाका खुम राना, भोजपुरका गङराम खडका र रुपन्देहीका दयालु यादब रहेका छन । कम्पनीले तलब दिन्छु भन्दै काम लगाएको तर, ६ महिना वितिसक्दा पनि तलब नदिएर उनीहरुसंग खाना खाने सम्म पैसा नभएर अलपत्र परेका छन् ।

६ महिना सम्म तलब नपाउदा पसलवाट दैनिक उपभोग्य सामान उदारो लिन सम्म पनि उनीहरुलाई कठिनाई भएको छ । केही महिना अघि म्यानपावरमा फोन गर्दा समेत फोन नउठाएको उनीहरुले गुनासो रहेका छन् । अहिले अन्तिम अबस्थामा पुगे पछि कतै पनि सम्पर्क गर्ने माध्यम नपाउदा उनीहरु अलपत्र परेका छन ।

उनीहरु भन्छन् रिचार्ज गरेर दुताबाश फोन गरौ भन्दा पनि पैसा नै छैन, दुताबास कता छ,  त्यो पनि थाहा छैन, अहिले कोहिसंग पनि सम्पर्क नभएको उनीहरुको भनाई छ । उनीहरु हाल कोठा छोडेर बाहिर निकल्न सक्ने  अबस्था पनि छैन ।

राम्रोसंग खाना सम्म नपाएका नेपालीहरुले हाल उनीहरुले काम गर्न पनि छोडी सकेका छन । उनीहरुले नेपाली दूतावास कतार तथा कतारमा आवद्ध गैरसरकारी संघ सस्थालाई उद्दारको लागि अपिल गरेका छन ।।

पनि पैसा नै छैन, दुताबास कता छ,  त्यो पनि थाहा छैन, अहिले कोहिसंग पनि सम्पर्क नभएको उनीहरुको भनाई छ । उनीहरु हाल कोठा छोडेर बाहिर निकल्न सक्ने  अबस्था पनि छैन ।

राम्रोसंग खाना सम्म नपाएका नेपालीहरुले हाल उनीहरुले काम गर्न पनि छोडी सकेका छन । उनीहरुले नेपाली दूतावास कतार तथा कतारमा आवद्ध गैरसरकारी संघ सस्थालाई उद्दारको लागि अपिल गरेका छन ।।