Vice-President Nanda Bahadur Pun assumes his office after being sworn-in by President Bidya Devi Bhandari, in Kathmandu, on Sunday, November 1, 2015. Photo: RSS

काठमाडौँ, २९ भदौ ।  मुलुकको १७ औँ शिखर सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उपराष्ट्रपति नन्दबहादुर पुन आज भेनेजुयला जानुहुने भएको छ । उपराष्ट्रपति पुन आज साँझ साढे ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भेनेजुयला प्रस्थान गर्नुहुने कार्यक्रम तय गरिएको छ ।

भ्रमण टोलीमा परराष्ट्र मन्त्रालयका सहसचिव एवं संयुक्त राष्ट्रसङ्घ, अन्तर्राष्ट्रिय सङ्घ तथा सङ्गठन तथा अन्तर्राष्ट्रिय कानुन महाशाखाका प्रमुख भरतराज पौड्याल, सोही शाखाका उपसचिव सुधीर भट्टराई, संयुक्त राष्ट्रसङ्घका लागि मिनिस्टर काउन्सिलर घनश्याम लम्साल, नायब शिष्टाचार महापाल तेजबहादुर क्षेत्री, उपराष्ट्रपतिका स्वकीय सचिव तुलसी डाँगी र उपराष्ट्रपतिका पाश्र्ववर्ती प्रमुख सेनानी उमेशबहादुर सिंह सहभागी हुनुहुन्छ ।

यस्तै मन्त्रीस्तरीय बैठकमा सहभागी हुन संयुक्त राष्ट्रसङ्घका लागि नेपाली प्रतिनिधि दुर्गाप्रसाद भट्टराईको नेतृत्वमा एक टोली रहनेछ । मन्त्रीस्तरीय बैठक यही भदौ ३० र ३१ गते आयोजना गरिएको छ । शिखर सम्मेलन भेनेजुयलाको माग्रता टापुमा आयोजना गरिएको छ । उपराष्ट्रपति पुन आगामी असोज ५ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ । यसअघि उक्त शिखर सम्मेलन इरानको राजधानी तेहरानमा आयोजना गरिएको थियो ।