विमल गौतम
तुलसीपुर नगरपालिका वडा नम्वर ३ का दलित समुदायहरु सरसफाईमा सक्रिय भएका छन । वडामा गठन भएको वडा दलित संञ्जालको आयोजनामा उनीहरु वडाको सरसफाई तथा सचेतना कार्यक्रममा सक्रिए भएका हुन । आफनो घर वरपर आफै सफा गरौ भन्ने नाराका साथ दलित समुदायले सरसफाई कार्यक्रमको शुरुवात गरेका छन ।  ३ दिन सम्म चल्ने कार्यक्रमको को आज एक कार्यक्रमका बिच उदघाटन गरिएको छ ।

1वडा दलित सञ्जालका संयोजक देवबहादुर बिकको अध्यक्षता एव सामाजिक परिचालक लिना शर्माको प्रमुख आतित्थयतामा भएकोे उदघाटन कार्यक्रममा बोल्ने बक्ताहरुले सवैले आफनो घर वरपर सरसफाई गरे वडाको सुन्दरता वढने बताएका थिए । बक्ताहरुले दलित संञ्जालले राम्रो कामको शुरुवात गरेको भन्दै कार्यक्रममा सवैको सहभागिता हुने बताएका थिए । उनीहरुले सरसफाईमा ध्यान नदिएकै कारण दलित समुदाय पछि परेको भन्दै सवैले केहि समय निकालेर कार्यक्रममा सहभागि हुन आग्रह गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि सामाजिक परिचालक शर्माले दलित संञ्जालले सरसफाई कार्यक्रमको शुरुवात गरेर वडामा उदाहरणिका कार्य गरेको भन्दै अन्य संघ संस्थाले पनी सिको गर्नु पर्ने बताउनु भयो । उहाँले यस्ता  कार्यक्रममा सहभागि भए धेरै कुराहरु सिक्ने अवसर मिल्ने भन्दै सवैले आफनो घर वरपर सरसफाई राख्न तथा अरुलाई समेत चेतना अभिबृद्धि गर्न आग्रह गर्नु भयो ।

उदघाटन कार्यक्रममा पत्रकार बिमल गौतम , वडा नागरिक मञ्चका सदस्य द्धय प्रेम बिक , टेक बहादुर बिक , नागरिक सचेतना केन्द्रका संयोजक कृष्णा बिक , सदस्य मोति बिक , भुमा बिक , दलित सञ्जालका सदस्यद्धय वसन्ता बिक , रिमा परियार लगाएतकाले सरसफाई कार्यक्रममा सहयोग गर्न सवैलाई आग्रह गर्नु भएको थियो ।

दलित संञालका कोषाध्यक्ष सरस्वति परियारको स्वागत मन्तब्य बाट शूरु भएको कार्यक्रमको संचालन सचिव निशा परियारले गर्नु भएको थियो ।