जनकपुरधाम, भदौ २६ । जनकपुरबाट शनिबार बिहान हराएकी एक बालिका मृत अवस्थामा फेला परेकी छिन् । जनकपुर उपमहानगरपालिका– १ मुसहरीटोलका हरि यादवका तीन वर्षकी छोरी अंशुकुमारी यादव मृत अवस्थामा भेटिएकी हुन् ।
शनिबार बिहान हराएकी उनी आइतबार बिहान मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनको घर नजिकैको कुलामो डुबेर ज्यान गएको हुन सक्ने प्रहरीले जनाएको छ । उनको शव पोष्टमार्टमको लागि जनकपुर अञ्चल अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।।











