ओमप्रकाश गुप्ता
देउखुरी २६ भदौ ।
हरियाली बचत तथा ऋण सहकारी संस्थाको एघारौ वार्षिक साधारण सभा शनिवार सर्वोदय उच्च मावि सिसहनियाँमा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष शिवध्वज मल्लको अध्यक्षता एवम् जिल्ला बचत तथा ऋण सहकारी संघ दाङका अध्यक्ष अञ्जन कुमार पौडेलको प्रमुख आतिथ्यतामा भएको सभामा बोल्ने वक्ताहरुले सहकारी संस्था मार्फत आर्थिक रुपान्तरण गर्न सकिने बताएका थिए ।
सभामा वार्षिक प्रगती प्रतिवेदन संस्थाका सचिव रेशमबहादुर थापा र आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष राधा पाण्डेले प्रस्तुत गर्नु भएको थियो । हाल संस्थामा कुल कारोबार १२ करोड ६२ लाख ,कुल पुजी ८ करोड २८ लाख २२ हजार ५ सय ३७ रुपैयाँ २६ पैसा र ४१ लाख ८ हजार १ सय १० रुपैयाँ ६५ पैसा नाफा गरेको बताएको छ । कार्यक्रमको सञ्चालन संस्थाका शेयर सदस्य बासुदेव ज्ञवालीले गर्नु भएको थियो ।।











