बाबुराम रेग्मी
बिजौरी, २५ भदौ  । जनता बैंक नेपाल लिमिटेडले दाङको विजौरीमा बैंकिङ करोबार सुरु गरेको छ । युके एडको लगानीमा सञ्चालन गरेको सक्षम कार्यक्रम संगको सहकार्यमा जनता बैंकले शाखा रहित बैंकिङ सेवा सुरु गरेको छ । बैंकले आज विजौरीमा औपचारिक कार्यक्रमको आयोजना गरेर सेवा सुरुवात गरेको छ ।bankबैंकका प्रमुख ब्यापार अधिकृत विनयनाथ न्यौपानेको अध्यक्षता तथा दाङ जिल्ला उद्योग वाणिज्य संघका उपाध्यक्ष खड्ग वुढाथोकीको प्रमुख आथित्यतामा शाखा रहित बैंकिङ सेवा उद्घाटन गरीएको हो । कार्यक्रममा बैंकको बारेमा जानकारी दिदै बैंकका घोराही शाखा प्रबन्धक उपेन्द्र कार्कीले ग्रामिण क्षेत्रमा हुने आर्थिक कारोबारलाई व्यवस्थित गर्दै संकलन भएको पुँजीले आर्थिक विकासमा लगाउन सहयोग पु¥याउने उदेश्यले बिजौरीमा शाखा रहित बैंकिङ सेवा सुरु गरीएको जानकारी दिनु भएको छ ।

शाखा रहित भए पनि शाखा मार्फत हुने सम्पुर्ण बैकिङ सेवाहरु उपलब्ध गराउने उहाले बताउनु भएको छ । उद्घाटन कार्यक्रममा विजौरी उद्योग वाणिज्य संघका अध्यक्ष कमानसिङ खड्का, बेलझुण्डि खानेपानी संस्थाका अध्यक्ष प्रदिप गौतम लगायतकाले जनता बैंकले सञ्चालन गरेको शाखा रहित बैंकिङ सेवाको सफल्ताको शुभकामना दिनु भएको थियो ।

विजौरी शाखा रहित सेवा सञ्चालनका लागि विष्णुकुमारी के.सी. लाई जिम्मेवारी दिएको छ ।।