दाङ,२३ भदौं ।  नागरिक बडापत्रले नागरिकलाई सहज सेवा दिन मद्धत पु¥याएको एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । ज्ञानज्योती नागरिक सचेतना केन्द्र सौडियार ६ धौरेलीडाडामा भएको नागरिक वडा पत्र र सोधपुछ कक्षको वारेमा भएको रिफ्लेक्ट छलफलमा बोल्ने सहभागीहरुले सवै सरकारी कार्यालयमा रहेको नागरिक वडापत्रको अध्ययन गरी सेवा लिन गएमा काम छिटो हुनुको साथै अनावश्यक पैसा खर्च नहने बताएका छन ।

8399वडापत्रको वारेमा राम्रो संग ज्ञान नहुदा धेरै सेवाग्राहीले दुख पाइरहेको भन्दै उनिहरुले साधारण लेखपढ गरेकाले सेमत बुझ्ने किसिमले नागरिक वडापत्र राख्नुपर्ने बताएका छन । ज्ञानज्योती नागरिक सचेतना केन्द्रका संयोजक गोमा नेपालीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सौडियार गा.वि.स.का सामाजिक परिचालक बिमल योगीले गर्नुभएको थियो ।।