काठमाडौं, २३ भदौ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले सातै वटा प्रदेशमा एकएक वटा प्रादेशिक विश्वविद्यालय र मेडिकल कलेज यसै वर्ष स्थापा गर्ने बताएका छन् । आज संसद बैठकमा राष्ट्रको नममा संवोधन गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त घोषणा गर्नुभएको हो ।

prachandaसंवोधनका क्रममा प्रधानमन्त्री प्रचण्डले चितवनको शक्तिखोरमा यसै वर्ष शहीद स्मृति पोलिटेक्निक विश्वविद्यालय स्थापना गर्ने बताउनुभयो । विगतको प्रत्येक निर्वाचन क्षेत्रमा बाह्र कक्षासम्मको माध्यमिक विद्यालयमा विज्ञान संकाय र प्राविधिक विषय अध्यापन गर्ने गरी गरिएका कार्यक्रम प्रभावकारी नभएकोले अब प्रभावकारी बनाउने प्रतिवद्धता प्रधानमन्त्री दाहालले संवोधनका क्रममा व्यक्त गर्नुभएको छ ।

साथै सामुदायिक विद्यालयबाट ०७२ सालमा एस्एल्सीमा ए प्लस अंक ल्याई हाल सामुदायिक माविमै अध्ययनरत छात्राहरूलाई सम्बन्धित गाविसमार्फत् एकमुष्ठ पाँच हजार प्रोत्साहन छात्रावृत्ति दिइने उहाँले बताउनुभयो ।।