दाङ, २१ भदौ । 
दाङको तुलसीपुरमा शुरु भएको क्लीन तुलसीपुर ग्रिन तुलसीपुर सरसफाई अभियान आज मंगलवार तेश्रो हप्तामा नगरवासीहरुको उल्लेखिय सहभागितामा सम्पन्न भएको छ ।dance

तुलसीपुर उद्योग वाणिज्य संघ र तुलसीपुर नगरपालीकाले संयुक्त आयोजना एवं दर्जनौं समाजिक संघ संस्था, राजनितिक दल, शुरक्षा निकाय, नागरिक समाज र विभिन्न टोलहरुको सहकार्यमा संचालन भै रहेको क्लीन तुलसीपुर ग्रिन तुलसीपुर सरसफाई अभियानलाई सहयोग गर्न भन्दै चर्चित गायीककाहरु भुमिका गिरी र सविना भटृराई क्लीन तुलसीपुर ग्रिन तुलसीपुर सरसफाई अभियानमा सहभागी हुनु भएको थियो ।

विहान ७ः३० वजे वाट हरेक हप्ताको मंगलवार तुलसीपुरको विरेन्द्र चौकवाट शुरु हुने सरसफाई अभियान अन्तरगत आज तेस्रो हप्ता २१ गते (ख) लाईन (घ) लाईन मा सरसफाई गरिएको तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विमल रिजालले जानकारी दिनु भयो ।nacho

त्यस्तै सरसफाई पछि आयोजित समापनका अवसरमा चर्चित गायीका भुमिका गिरीले नरिसाउन कान्छु एकै छिनमा आउछु वोलको गितमा सरसफाई अभियानमा सहभागि भएका सरसफाई अभियान्ताहरुलाई छमछम्ती नचाएकी थिइन ।उनीले सरसफाई अभियानले तुलसीपुरको नाम उच्च राख्न सहयोग पुग्ने भन्दै यो अभियानमा जुट्न सबै नगरवासीहरुलाई गितको माध्यमवाट अनुरोध समेत गरेकी छन् ।

महिलाहरुको महान चाड तिस पर्व अन्तरगत मगलवार पंचमी तिथी परेको अवसरमा गायीका गिरीले आफ्नै तिजको गित र अर्को तिउन मिठो वनायो चुकैलै वोलको गितमा तुलसीपुर वासीहरुलाई छमछम्ती नचाएकी हुन ।सरसफाई अभियानमा वोल्दै नागरिक समाज दाङका संयोजक टिकाराम रेग्मीले सरसफाई अभियान तुलसीपुरका लागि महत्वपूर्ण अभियान भएको भन्दै यसमा सबैको सहयोग र सहकार्य अनिवार्य हुनु पर्ने वताउनु भयो ।।