२१ भदौ, काठमाडौं ।
वरिष्ठ साहित्यकार दान खालिङको ८९ वर्षको उमेरमा निधन भएको छ । विक्रम सम्वत् १९८४ मा भारतको दार्जि्लिङमा जन्मिएका खालिङको सोमबार साँझ सिलिगुडीमा निधन भएको हो । उनी पछिल्लो समय नसासम्बन्धी रोगबाट पीडित थिए ।उनको पार्थिव शरीरलाई मंगलबार दिनभरि श्रद्धाञ्जलीका लागि सिलिगुडीमा राखिने र बुधबार जन्मथलो दार्जि्लिङमा अन्त्येष्टि गरिने भएको छ । Dan-Khalingपूरा नाम दानियल खालिङ भएका उनले पछि दान खालिङ मात्र लेख्न थालेका थिए ।विश्वेश्वरप्रसाद कोइरालासँग पहिलोपल्ट दार्जि्लिङमा भेटेपछि निकै प्रभावित भएका उनी पढाइ त्यत्तिकै छाडेर २००७ सालको आन्दोलनमा बन्दुक बोकेर नेपाल पसेका थिए । विपीकै आह्वानमा २२ वर्षको उमेरमा दार्जि्लिङको सुकिया पोखरीबाट इलामको पशुपतिनगरमा प्रवेश गरी खालिङले सशस्त्र क्रान्तिमा भाग लिएका थिए ।

सात सालको सालको आन्दोलन सफल भएपछि भने उनले बन्दुक बिसाएर कलम समाएका थए । साहित्यकार महानन्द सापकोटाको सरसंगतले साहित्य र शिक्षा क्षेत्रमा सक्रिय भएका थिए । सापकोटासँग मिलेर उनले विभिन्न ठाउँमा विद्यालय खोल्ने र सञ्चालन गराउने काम समेत गरे ।।