तेह्रथुम, २० भदौ ।
तेह्रथुममा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । मोराहाङ–२ का धनबहादुर लिम्बुको करेन्ट लागेर ज्यान गएको प्रहरी चौकी मोराहाङका नायब निरीक्षक बासुदेवलाल कर्णले जानकारी दिनुभयो ।
बाटो हिँड्ने क्रममा आइतबार दिउँसो मोराहाङ–६ मा खड्गबहादुर लिम्बुको खेतमा लत्रिएको तारलाई समात्दा लिम्बूको घटनास्थलमै ज्यान गएको हो । लिम्बुको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।।
