काठमाडौ, १९ भदौ
स्याङजामा पहिरोमा पुरिएर चार जनाको मृत्यु भएको छ । स्याङजाको क्वरेभन्ज्याङ्ग गाविस ७ को उपल्लो ताप्केमा पहिरो जाँदा चन्द्रकला सारु मगरको घरमा तीज मनाउन गएका अन्य तीनको मृत्यु भएको प्रहरीले जनाएको छ ।pahiro

मृत्यु हुनेमा चन्द्रकला सारु मगर उनको घरमा तीज मनाउन गएका मल्याङ्गकोट ८ दार्सिङकी हुमकुमारी मस्याङदी, उहाँको ७ वर्षीय छोरी पुनम र ६ वर्षिय छोरा सुजनको पुरिएर मृत्यु भएको हो ।

उता, महोत्तरीमा छुट्टा छुट्टै खोलामा बगेर २ जनाको मृत्यु भएको छ । स्थानीय रातु नदीले बगाउँदा पशुपतिनगर ६ की ५० बर्षिया सावित्री महराको मृत्यु भएको हो ।

यस्तै मडाह खोलाले बगाउँदा बर्दिवास नगरपालिका १२ बर्डाडाँका ७ बर्षिय बालक मानब बुलनको मृत्यु भएको प्रहरी नायब उपरिक्षक शालिकराम शर्माले जानकारी दिनुभयो ।।