दाङ देउखुरी सेवा समाज कतार अन्तर्गत रहेको दाङ देउखुरी बचत सहकारीको साधारण सभा तथा तिज बिशेष कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सहकारीका अध्यक्ष लीलामणि लामिछानेले सभापतिको आशन ग्रहण गरेका थिए । यसैगरी समाजका अध्यक्ष सुर्य सुवेदी प्रमुख अतिथी रहेका थिए ।

111सस्थाका प्रमुख सल्लाहकार लुमाकान्त पुन र बरिस्ठ सल्लाहकार अर्जुन खड्का बिशेष अतिथि तथा सस्थाका प्रथम उपाध्यक्ष बसन्त राज पुरी, द्दितीय उपाध्यक्ष हेम बहादुर बस्नेत लगायत अतिथि रहेका थिए । कार्यक्रममा दङ्गाली तथा गैर दङ्गालीहरुको उपस्थिति रहेको थियो । विधिवत रुपमा उद्घाटन गरिएको कार्यक्रममा समाजका कोषाध्यक्ष मिनराज पुन मगरले स्वागत मन्तव प्रस्तुत गर्दै उपस्थित सम्पुर्णलाई स्वागत गरेका थिए ।

222समाज अन्तर्गत रहेको दाङ देउखुरी बचत सहकारीको विविध गतिविधिहरु प्रस्तुत गर्दै सोहि साधारण सभाले पुरानो समिति विघटन गरी लीलामणि लामिछानेको अध्यक्षतामा सात सदस्य सन्चालक समिती चयन गरेको छ । उपाध्यक्ष(सुभाष रजौरे, सचिव(इस्वर जि।सि।, कोषाध्यक्ष(मीनराज पुन मगर त्यसैगरी सदस्यहरुमा नबराज एम सि, लीलाधर आचार्य,शेर बहादुर बिष्ट रहेका छन। साधारणसभा कार्यक्रम सचिव इस्वर जि।सि।को सन्चालन रहेको थियो ।

साथै सोहि अवसरमा सहकारीको कार्यक्रम समापनपछी हिन्दु नारीहरुको महान चाड हरितालिका तिजको अवसरमा तिज विशेष कार्यक्रम समेत सम्पन्न गरेको छ । तिज विशेष कार्यक्रममा समाजका अध्यक्ष सुर्य सुवेदीले सभापतिको आशन ग्रहण गरेका थिए ।

333कार्यक्रममा प्रमुख अतिथि लुमाकान्त पुन तथा एन।आर।एन प्रतिनिधि तेज कटुवाल, बसन्त फिल्मसका प्रवन्ध निर्देशक ईश्वर काफ्ले, प्युठान सेवा समाजका वरिस्ठ उपाध्यक्ष वलदेव राना, समाज सेवी कृष्ण बराल, समाजका वरिष्ठ सल्लाहकार अर्जुन खड्का विशेष अतिथि रहेका थिए ।

घत्यसैगरी रोल्पा जलजला सेवा समाजका अध्यक्ष वसन्त थापा, साझा नेटवर्क डटकमका केशव कडेल, राजधानी साप्ताहिकका दिल श्रेष्ठ, बराह क्षेत्रका उपाध्यक्ष तिलु बि। क।, गुल्मी सेवा समाजका प्रतिनिधि अतिथि रहेका थिए । साथै दङ्गाली तथा गैर दङ्गालि दाजुभाइ तथा दिदि बहिनीहरुको बाक्लो उपस्तिथि रहेको थियो ।

ज्ञसस्थाका प्रथम उपाध्यक्ष वसन्त राज पुरीले स्वागत मन्तव्य राख्दै उपस्थित सबैलाई स्वागत गरेका थिए । कार्यक्रममा गायक होम बि।सी।, दुर्गा बि।सि।, सुदिप पुन, गायिका सुश्मा पुन, कमला गुरुङ, डान्सर सन्चोमाया तामाङ, हास्यव्यंग कलाकार राम बहादुर बोहरा लगायतका कलाकारहरुको प्रस्तुती रहेको थियो । सोहि अवसरमा कार्यक्रममा उपस्थीतहरुलाई तिजको दर समेत खुवाइको थियो ।

यकार्यक्रमको अन्त्यमा सभपति सुवेदीले कार्यक्रम भव्य एवम सभ्य रुपमा सफल बनाउनका लागि सहयोग गर्नुहुने सम्पुर्णलाई धन्यवाद व्यक्त गरेका थिए । मुस्लिम धर्मावलम्वीहरुको चाड वक्र इदको पहिलो दिन सम्पन्न हुन गईरहेको एम्बुलेन्स सहयोगार्थ कार्यक्रममा सम्पूर्णलाई उपस्थिती भईदिन अनुरोध गर्दै कार्यक्रम समापन भएको घोषणा गरेका थिए । कार्यक्रम महासचिव लीलामणि लामिछाने र साँस्कृतिक विभाग सदस्य राजन चापागाईंले संचालन गरेका थिए ।