नवलपरासी, १८ भदौ ।
श्रम ऐन लागु गनुपर्ने माग गर्दै आन्दोलित नवलपरासीको रामनगर जोडेनी स्थीत सर्वोत्तम सिमेन्ट उद्योगका मजदुरहरुले धर्ना सुरु गरेका छन् । लामो समय देखि उद्योगमा कार्यरत मजदुरलाई न्युन ज्यालामा १२ देखि १४ घन्टा सम्म काम गराउने, नियुक्ती पत्र नदिने, विदा औषधी उपचार लगायतका सेवा सुविधा नदिएको भन्दै टे«ड युनियन गठन गरि मजदुरहरु आन्दोलीत भएका हुन ।
समग्र उद्योग टे«ड युनियन सर्वोत्तम सिमेन्ट उद्योग ईकाई समिति गठन गरेर आन्दोलनमा उत्रेपछि उद्योग व्यवस्थापन पक्षले युनियनका अध्यक्ष छविलाल सापकोटालाई विभिन्न आरोप लगाएर निस्कासन गरिसकेको छ । युनियनका अध्यक्षलाई नै निस्कासन गरेपछि मजदुुरहरुले आन्दोलन थप चर्कोउने बताएका छन । हिजो दिनभर उद्योग परिसरमा धर्ना बसेर आन्दोलन गरेका मजदुर माथि प्रहरी धरपकड भएको मजदुर मणी ज्ञवालीले बताउनुभयो ।
जारी धर्ना कार्यक्रम एक हप्ता सम्म रहने र त्यसपछि पनि माग सुनुवाई नभए थप कडा आन्दोलनमा जाने मजदुरहरुले चेतावनी दिएका छन् । तर उद्योग सञ्चालनमा अवरोध नपु¥याई आन्दोलन गरिरहेको उनिहरुले बताएका छन् । यसबारेमा सर्वोत्तम सिमेन्ट उद्योगको व्यवस्थापन पक्षले भने प्रतिक्रिया दिन मानेको छैन ।।