घोराही,१८ भदौ । 
सौडियार गाविस सामुदायिक अध्ययन केन्द्रले सञ्चालन गर्न थालेको ई–सेवाका बारेमा शुक्रवार सौडियार–७ सौडियारमा छलफल गरेको छ । सामुदायिक अध्ययन केन्द्रका अध्यक्ष चेतु भण्डारीको अध्यक्षता एव सामुदायिक अध्ययन केन्द्र सञ्जालका जिल्ला सचिव निशानदाजु भट्राईको प्रमुख आतिथ्यतामा भएको छलफल कार्यक्रममा बोल्ने बक्ताहरुले ई–सेवाले स्थानीयस्तरमा सहजता ल्याउने बताएका थिए ।esewa

सहभागिहरुले ई–सेवा सञ्चालन हुन थालेको खुशी व्यक्त गर्दै प्रभावकारी सेवा बनाउनका लागि सवैसँग समन्वय गर्नुपर्नेमा जोड दिएका थिए । त्यस अवसरमा ई–सेवाका बारेमा ई–सेवा प्वाईन्ट घोराही दाङका प्रमुख राजन न्यौपानेले जानकारी गराउनुभएको थियो । कार्यक्रममा अध्ययन केन्द्रका सदस्य चन्द्रप्रसाद घिमिरे,लक्ष्मी केसी,माधव घिमिरे लगायतले बोल्नुभएको थियो ।

ई–सेवा सञ्चालनमा आएमा सौडियार र धर्ना गाविसका स्थानीयहरुलाई फोन रिचार्ज र डिसहोमको रिचार्जसँगै नमस्तेको सिम कार्ड सहज रुपमा प्राप्त गर्न सक्ने भएका छन ।।